नेभिगेशन
समाज

संसदको गतिरोध अन्त्य गर्न एमाले, कांग्रेस र माओवादीका प्रमुख सचेतकसँग सभामुखको छलफल

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्। आइतबार संसद बैठक सुरु हुनुअगावै समाभुखले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका प्रमुख सचेतहरुलाई छलफलका लागि बोलाएका हुन् । 

३ दलका प्रमुख सचेतकसहितको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुखको कार्यकक्षमा जारी छ।

CG

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको आशङ्का व्यक्त गर्दै उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् । उनीहरुको विरोधका कारण जेठ १३ गते देखि राम्रोसँग बैठक चल्न सकेको छैन भने कतिपय बैठक त बस्दै नबसी स्थगित भएका छन् । 

विपक्षी दलहरुले राजीनामा र छानबिनको विषय उठाउँदै गर्दा एमाले र कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान गरिरहेको र सोही आधारमा निर्णय हुने भन्दै गृहमन्त्रीको राजीनामा आवश्यक नभएको अडान राख्दै आएका छन् । सोही कारण संसद बैठक चल्न सकिरहेको छैन । 

सभामुख घिमिरेले संसदको गतिरोध हटाउन विपक्षी दलहरूसँग पटकपटक छलफल गरिरहे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै