नेभिगेशन
समाज

संसदको गतिरोध अन्त्य गर्न एमाले, कांग्रेस र माओवादीका प्रमुख सचेतकसँग सभामुखको छलफल

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्। आइतबार संसद बैठक सुरु हुनुअगावै समाभुखले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका प्रमुख सचेतहरुलाई छलफलका लागि बोलाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

३ दलका प्रमुख सचेतकसहितको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुखको कार्यकक्षमा जारी छ।

Ncell
Extreme Energy

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको आशङ्का व्यक्त गर्दै उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् । उनीहरुको विरोधका कारण जेठ १३ गते देखि राम्रोसँग बैठक चल्न सकेको छैन भने कतिपय बैठक त बस्दै नबसी स्थगित भएका छन् । 

विपक्षी दलहरुले राजीनामा र छानबिनको विषय उठाउँदै गर्दा एमाले र कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान गरिरहेको र सोही आधारमा निर्णय हुने भन्दै गृहमन्त्रीको राजीनामा आवश्यक नभएको अडान राख्दै आएका छन् । सोही कारण संसद बैठक चल्न सकिरहेको छैन । 

सभामुख घिमिरेले संसदको गतिरोध हटाउन विपक्षी दलहरूसँग पटकपटक छलफल गरिरहे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै