नेभिगेशन
समाज

नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छः शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका छन् । 

शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेताहरुको योगदानका बारेमा कितावहरुमा प्रकाशन गरेर प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका हुन् । राधेश्याम जोन्छे जुझारु नेताको रुपमा परिचित रहेको उनले स्मरण गरे । उनले नेताहरुको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन सकारात्मक भएको जिकिर गरे । 
त्यस्तै कांग्रेस नेता बिमलेन्द्र निधिले मुलुकलाई अघि बढाउनका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे । उनले संसदलाई अवरोध गर्ने काम उचित नभएको भन्दै सहज रुपमा सदन चल्ने वातावरण बनाउन माओवादीलाई आग्रह गरे । भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने उनले बताए 

त्यस्तै निधिले नेपालमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गाउँ छाडेका सेवाग्राही खोज्दै म्यादीका जनप्रतिनिधि र कर्मचारी सहरमा शिविर

गाउँ छाडेका सेवाग्राही खोज्दै म्यादीका जनप्रतिनिधि र कर्मचारी सहरमा शिविर

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका हुन् ।
रास्वपा र राप्रपाका सांसदलाई संसद् बहिस्कारसम्बन्धी निर्णय सच्चाउन माग

रास्वपा र राप्रपाका सांसदलाई संसद् बहिस्कारसम्बन्धी निर्णय सच्चाउन माग

बैठकको विशेष सयमा सांसद बाँस्कोटाले रास्वपा र राप्रपाले निरन्तर संसद् बहिस्कार गरेर गलत गरेको बताए । भिजिट भिसा प्रकरणका बारेमा ती दुई दलले भनेका विषयलाई तथ्यले प्रमाणित गर्न...
आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै

बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने छन् ।
कुलिङ अफ पिरियड गडबडीमा राज्य व्यवस्था समिति सभापति रामहरी खतिवडा नै  दोषीः छानबिन समिति

कुलिङ अफ पिरियड गडबडीमा राज्य व्यवस्था समिति सभापति रामहरी खतिवडा नै दोषीः छानबिन समिति

छानबिन समितिका एक सदस्यका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी किटान गर्दै प्रतिवेदन तयार पारिएको हो।

भर्खरै