नेभिगेशन
समाज

नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छः शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेताहरुको योगदानका बारेमा कितावहरुमा प्रकाशन गरेर प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका हुन् । राधेश्याम जोन्छे जुझारु नेताको रुपमा परिचित रहेको उनले स्मरण गरे । उनले नेताहरुको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन सकारात्मक भएको जिकिर गरे । 
त्यस्तै कांग्रेस नेता बिमलेन्द्र निधिले मुलुकलाई अघि बढाउनका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे । उनले संसदलाई अवरोध गर्ने काम उचित नभएको भन्दै सहज रुपमा सदन चल्ने वातावरण बनाउन माओवादीलाई आग्रह गरे । भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने उनले बताए 

Ncell
Extreme Energy

त्यस्तै निधिले नेपालमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, पाँच मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाको बैठक बस्दै, पाँच मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्री बालेन शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् ।