नेभिगेशन
समाज

भिजिट भिसा प्रकरणः आजपनि चल्न सकेन संसद बैठक, भोलिसम्मका लागि स्थगित

काठमाडौँ । भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ यता राम्रोसँग चल्न नसकेको संसद बैठकमा आइतबार समेत विपक्षीहरुले विरोध जनाएका छन् । शुक्रबार ढिलो गरि बसेको बैठकमा विपक्षीहरुले विरोध जनाएपछि बैठक आइतबार दिउँसो १ बजेका लागि सरेको थियो । निर्धारित समयभन्दा करिब ५ घण्टापछि सुरु भएको बैठकमा विपक्षीहरुले विरोध जनाएपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । 
 
सभामुख देवराज घिमिरेले आसनमा बसेर दलीय आधारमा बोल्नका लागि सहयोग गर्न आग्रह गरे । प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको संलग्नताको आधार देखिएको दाबी गर्दै गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक अघि बढ्न नसक्ने बताउँदै आएका छन् ।
 
सभामुख घिमिरेले पटकपटक आसन ग्रहण गरेर सदन सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए। चालु अधिवेशनबाट अत्यावश्यक कानुन बनाउनुपर्ने आवश्यकता रहेकातर्फ ध्यानाकर्षण गराउँदै उनले सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गरे । 
 
गृहमन्त्रीले समसामयिक विषयमा उठेका प्रश्नको जवाफ दिन समय माग्नुभएको जानकारी दिँदै सभामुखले बजेटमाथिको छलफल प्रभावित भइरहेकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरे । 
 
बैठकमा सभामुख घिमिरे आजको निर्धारित सम्पूर्ण कार्यक्रम सूचीको हटाइएको जानकारी गराए । प्रतिपक्षी र सत्तापक्ष सांसदबीच केहीबेर आरोप प्रत्यारोप चलेको थियो । विपक्षी सांसदको विरोध जारी रहेपछि प्रतिनिधिसभाको अर्को बैठक सोमबार अपराह्न २ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै