नेभिगेशन
समाज

भिजिट भिसा प्रकरणः आजपनि चल्न सकेन संसद बैठक, भोलिसम्मका लागि स्थगित

काठमाडौँ । भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ यता राम्रोसँग चल्न नसकेको संसद बैठकमा आइतबार समेत विपक्षीहरुले विरोध जनाएका छन् । शुक्रबार ढिलो गरि बसेको बैठकमा विपक्षीहरुले विरोध जनाएपछि बैठक आइतबार दिउँसो १ बजेका लागि सरेको थियो । निर्धारित समयभन्दा करिब ५ घण्टापछि सुरु भएको बैठकमा विपक्षीहरुले विरोध जनाएपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । 
 
सभामुख देवराज घिमिरेले आसनमा बसेर दलीय आधारमा बोल्नका लागि सहयोग गर्न आग्रह गरे । प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको संलग्नताको आधार देखिएको दाबी गर्दै गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक अघि बढ्न नसक्ने बताउँदै आएका छन् ।
 
सभामुख घिमिरेले पटकपटक आसन ग्रहण गरेर सदन सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए। चालु अधिवेशनबाट अत्यावश्यक कानुन बनाउनुपर्ने आवश्यकता रहेकातर्फ ध्यानाकर्षण गराउँदै उनले सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गरे । 
 
गृहमन्त्रीले समसामयिक विषयमा उठेका प्रश्नको जवाफ दिन समय माग्नुभएको जानकारी दिँदै सभामुखले बजेटमाथिको छलफल प्रभावित भइरहेकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरे । 
 
बैठकमा सभामुख घिमिरे आजको निर्धारित सम्पूर्ण कार्यक्रम सूचीको हटाइएको जानकारी गराए । प्रतिपक्षी र सत्तापक्ष सांसदबीच केहीबेर आरोप प्रत्यारोप चलेको थियो । विपक्षी सांसदको विरोध जारी रहेपछि प्रतिनिधिसभाको अर्को बैठक सोमबार अपराह्न २ बजे बस्नेगरी स्थगित भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै