नेभिगेशन
समाज

बेगनास तालमा पौडी खेल्दा बेपत्ता भएका पुरुषको शव ३५ फिट गहिराइमा भेटियो

कास्की । पोखरा महानगरपालिका–३१ माझीकुनास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोरखा जिल्लाको शहिद लखन गाउँपालिका–३ मनकामना निवासी ४३ वर्षीय राजेश श्रेष्ठ आइतबार साँझ बेगनास तालमा पौडी खेल्ने क्रममा हराएका थिए। हराएको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सात जना गोताखोरसहितको टोली घटनास्थलमा परिचालन गरिएको थियो।

Ncell
Extreme Energy

सो टोलीले सोमबार बिहान करिब १० बजे तालको करिब ३५ फिट गहिराइबाट श्रेष्ठको शव फेला पारी बाहिर निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ

भर्खरै