नेभिगेशन
समाज

भिजिट भिसा प्रकरण र संसदको गतिरोधलाई लिएर प्रतिपक्षी दल छलफलमा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै आएका विपक्षी दलहरु छलफलमा जुटेका छन् । जेठ १३ गतेदेखि निरन्तर संसदमा विरोध जनाउँदै आएका उनीहरुले गृहमन्त्रीको राजीनामा मागबाट पछि हटेपनि छानबिन समिति बन्नुपर्ने अडान कायम राखेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही विषयलाई लिएर रणनीति बनाउनको लागि विपक्षी दलको बैठक जारी छ । विपक्षीहरुले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने भएपनि छानबिन समिति गठन गरेर सो प्रकरणमा अनुसन्धान हुनुपर्ने अडान राख्दै आएका छन् । सो विषयमा सत्तापक्ष दलहरु सुरुका दिनमा सहमतिमा नआएपछि अहिले भने लचिलो भएका छन् । यद्यपी कस्तो प्रकारको छानबिन समिति बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । 

Ncell
Extreme Energy

सत्तापक्षले गृहमन्त्रीको नाम नतोकि समिति बनाउन लचिलो देखिएको जनाइएको छ । यद्यपी प्रतिपक्षी दलहरु संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति भन्ने शब्द नै उल्लेख गरेर लिखित सहमति गर्नुपर्ने अडानमा छन् । 

भिजिट भिसा प्रकरणका कारण १३ गते यता संसद बैठक चल्न सकेको छैन । विपक्षी दल र सत्तापक्ष दलका आआफ्नो अडान कायम रहँदा संसद बैठक ‘विशेष कारण’ बताउँदै स्थगित हुँदै आएको छ । हालसम्म संसद बैठक ११ पटक स्थगित भइसकेको छ । 

आइतबार १ बजेका लागि बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको थियो । तर ३ बजेपनि बस्न नसकेको बैठक ५ बजे बसेको थियो । जहाँ विपक्षी दलहरुले विरोध जनाएपछि सोमबार २ बजेका लागि बैठक सरेको थियो । 
सभामुखले २ बजेका लागि बोलाएको बैठक निर्धारित समयमा सुरु हुन सक्ने सम्भावना न्यून छ । प्रतिपक्षी दलको बैठक सकिएपछि कांग्रेस र रास्वपा छलफल गर्ने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।