नेभिगेशन
समाज

भिजिट भिसा प्रकरण र संसदको गतिरोधलाई लिएर प्रतिपक्षी दल छलफलमा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै आएका विपक्षी दलहरु छलफलमा जुटेका छन् । जेठ १३ गतेदेखि निरन्तर संसदमा विरोध जनाउँदै आएका उनीहरुले गृहमन्त्रीको राजीनामा मागबाट पछि हटेपनि छानबिन समिति बन्नुपर्ने अडान कायम राखेको बताएका छन् । 

सोही विषयलाई लिएर रणनीति बनाउनको लागि विपक्षी दलको बैठक जारी छ । विपक्षीहरुले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने भएपनि छानबिन समिति गठन गरेर सो प्रकरणमा अनुसन्धान हुनुपर्ने अडान राख्दै आएका छन् । सो विषयमा सत्तापक्ष दलहरु सुरुका दिनमा सहमतिमा नआएपछि अहिले भने लचिलो भएका छन् । यद्यपी कस्तो प्रकारको छानबिन समिति बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । 

CG

सत्तापक्षले गृहमन्त्रीको नाम नतोकि समिति बनाउन लचिलो देखिएको जनाइएको छ । यद्यपी प्रतिपक्षी दलहरु संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति भन्ने शब्द नै उल्लेख गरेर लिखित सहमति गर्नुपर्ने अडानमा छन् । 

भिजिट भिसा प्रकरणका कारण १३ गते यता संसद बैठक चल्न सकेको छैन । विपक्षी दल र सत्तापक्ष दलका आआफ्नो अडान कायम रहँदा संसद बैठक ‘विशेष कारण’ बताउँदै स्थगित हुँदै आएको छ । हालसम्म संसद बैठक ११ पटक स्थगित भइसकेको छ । 

आइतबार १ बजेका लागि बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको थियो । तर ३ बजेपनि बस्न नसकेको बैठक ५ बजे बसेको थियो । जहाँ विपक्षी दलहरुले विरोध जनाएपछि सोमबार २ बजेका लागि बैठक सरेको थियो । 
सभामुखले २ बजेका लागि बोलाएको बैठक निर्धारित समयमा सुरु हुन सक्ने सम्भावना न्यून छ । प्रतिपक्षी दलको बैठक सकिएपछि कांग्रेस र रास्वपा छलफल गर्ने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै