नेभिगेशन
समाज

आफूहरुलाई राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिइनुपर्ने एनआरएनएको माग

काठमाडौँ । गैरआवासीय नेपालीहरुले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले गैरआवासीय नेपालीलाई राज्यले प्रदान गरेको नागरिकतालाई नेपालकै निकायहरुले मान्यता नदिएकाले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरेका हुन् । गैरआवासीय नेपालीहरुलाई अहिले गैर आवासीय नागरिकता प्रदान हुदै आएको छ । तर अंशबण्डा लगाएतमा गैर आवासीय नागरिकतालाई मान्यता नदिएको उनीहरुको गुनासो छ ।

Ncell
Extreme Energy

छलफलका क्रममा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली नागरिकसरहको अधिकार हुने गरि नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए । उनले सांसद हुन चाहने व्यक्ति नेपालको नागरिकमात्रै हुनुपर्नेमा आफुहरु स्पष्ट रहेको भन्दै अन्य अधिकार प्रयोग गर्न पाउने गरि नागरिकता दिने व्यवस्था कानूनमा गर्नुपर्ने उल्लेख गरे । 

त्यस्तै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष रविना थापाले मालपोतले समेत नचिन्ने गैर आवासीय नागरिकताले समस्या उत्पन्न भएकाले वंशको आधारमा नागरिकता लिएका नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्ने सुझाव दिए । 
त्यस्तै ब्रिटिस गोर्खा सैनिकहरुले पनि नागरिकतामा बिभेद भएकाले अव कानून बनाउदा त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरेका थिए । समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीका लागि प्रदान गरिने नागरिकताका सम्बन्धमा सरकारले स्पष्ट धारणा ल्याउने र त्यसलाई विधेयकमा समावेश गरिने प्रतिवद्धता जनाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।