नेभिगेशन
समाज

सुन तस्करीमा संलग्न जीवन चलाउनेसहित १९ जनालाई ३५ दिनभित्र हाजिर हुन काठमाडौँ जिल्ला अदालतको सूचना

काठमाडौंँ । काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न १९ प्रतिवादीलाई अदालतमा उपस्थित हुन ताकेता गर्दै सुचना निकालेको छ । उक्त प्रकरणमा संलग्न रहेका जीवन चलाउनेसहितका १९ प्रतिवादीलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन ताकेता गर्दै अदालतले सुचना निकालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतले सोमबार गोरखापत्रमा सुचना प्रकाशन गर्दै १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म मुद्दाको सुनुवाई प्रक्रियामा उपस्थित नभएको भन्दै सुचना निकालेको हो । 

Ncell
Extreme Energy

उक्त सुचनामा ६ जना चिनियाँ नागरिक, ४ जना भारतीय नागरिक र अन्य नेपाली नागरिक रहेका छन् । पक्राउ पुर्जी जारी भएका चिनियाँ नागरिकमा लुरोङ गोङ्बु, वाङ दाओजिङ, पेङ योङसिन, झोङ जियानहुवा, हेनेरी भन्ने झोङ जिङचुआन र पिङ लिङफेङ रहेको छन् । 

त्यस्तै फरार रहेको ३ भारतीय नागरिकमा भिजित तानाजी मुलिक, अगोल कलप्पा कुटे, टासी शेर्पा र कमलकान्त कुल्थिया रहेका छन् । 

यसबाहेक पक्राउ पुर्जी जारी भएपनि हालसम्म फरार रहेका नेपालीहरुमा बर्दियाका जिवन चलाउने, दोलखाका दिलिप भुजेल, उदयपुरका भिमबहादुर मगर, सिन्धुपाल्चोकका राम गुरूङ, झापाका लेखनाथ कार्की डोली, काभ्रेका पाल्साङ लामा, दोलखाका कुमार भुजेल, दोलखाकै विकेन्द्र भुजेल र पर्वतका जिवनकुमार गुरूङ रहेका छन् । 

६० किलो सुन प्रकरणमा प्रहरीको अनुसन्धानपछि पक्राउ पुर्जी जारी भएका उनीहरु हालसम्म पक्राउ परेका छैनन् । उनीहरुको नाममा ‘बेपत्ते तामेल’ भएर आएको पक्राउ पुर्जीको सूचना प्रकाशित गर्ने निर्णय गरेको अदालतका सुचना अधिकारी दिपक कुमार श्रेष्ठले बताए । 

यदि उनीहरु तोकिएको समयभित्र अदालतमा उपस्थित नभए अदालत फैसलाको प्रक्रियामा अघि बढ्ने श्रेष्ठले बताए । ‘उहाँहरु उपस्थित नै नभए अदालतको फैसलाको प्रक्रियामा अघि बढ्छ । उहाँहरुको हकमा पछि अर्को निर्णय हुन्छ ।’, श्रेष्ठले भने । 

अहिले सुचना जारी भएका चलाउने तीनै व्यक्ति हुन्, जोविरुद्ध सोही प्रकरणमा अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन नोटिस जारी भएको थियो । 

६० किलो सुन प्रकरणमा दावा छिरिङलाई तस्करीको सुन र त्यसका लागि चाहिने पैसा व्यवस्थापनमा उनको संलग्नता देखिएको थियो । आफूलाई अपराध बिट हेर्ने पत्रकार दावी गर्ने चलाउने सुन तस्करी मुद्दामा हालसम्म फरार छन् । 
चलाउनेसँग सुन तस्करी सम्बन्धी छानबिन गर्न बनेको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले लिएको भर्चुअल बयानमा चलाउनेले आफूले सीआइबीमा ४ घण्टा भिडियो बयान दिएको बताएका थिए । 

सुन तस्करीमा संलग्न रहेका उनलाई बयान दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बोलाएर सीआईबीले नै भगाएको आयोगको प्रतिवेदनमा उल्लेख छ । 

सुन तस्करीका सन्दिग्धलाई नै फरार बनाएको भन्दै ब्युरोकी तत्कालीन प्रमुख किरण बज्राचार्यसहित ४ जनालाई विभागीय कारबाहीसमेत भएको थियो । 

चलाउने र सुन तस्करीमा संलग्नहरुबिचको संवाद सिधाकुराले प्रकाशन गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ
पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले हालै टोलीको प्रशिक्षण क्याम्प छाड्नुको पछाडिका घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्दै १० पृष्ठ लामो आधिकारिक वक्तव्य जारी गरेका छन् ।