नेभिगेशन
समाज

आजपनि अनिश्चित बन्यो संसद, रास्वपाले भन्यो –छानबिन गर्नुपर्छ, कांग्रेसले भन्यो– त्यो पर्दैन

काठमाडौँ । सोमबार २ बजेका लागि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अनिश्चित बनेको छ । आइतबार पहिलोपटक समय सारेर दोस्रो पटक बसेको बैठक विपक्षीको विरोधका कारण सोमबार २ बजेसम्मका लागि स्थगित भएको थियो । तर तोकिएको समय १ घण्टा बित्दासमेत बैठक बस्न सकेको छैन । 

संसद बैठक सुरु हुनुअगावै भिजिट भिसा प्रकरणलाई लिएर माओवादी र रास्वपा लगायत विपक्षी दलहरु छलफलमा जुटेका थिए । उनीहरुले गृहमन्त्रीको राजीनामालाई थाँती राखेर छानबिन समिति गठन नहुन्जेलसम्म बैठक बस्न नसक्ने अडान कायम राखेका थिए । 

CG

विपक्षीको बैठक सक्किएलगत्तै नेपाली कांग्रेस र रास्वपाका नेताहरुबिच छलफल भएको थियो । सो बैठकमा रास्वपाले उक्त प्रकरण छानबिन गर्न समिति बनाउनुपर्ने माग राखेको तर कांग्रेस समिति गठनमा अनिच्छुक देखिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । ‘हामीले उक्त प्रकरण छानबिन गर्न जाँचबुझ आयोग वा संसदीय समिति गठन गर्नुपर्ने अडान राख्यौँ’, परियारले भने, ‘तर उहाँहरुले समिति बनाउन ुनपर्ने विषयलाई निरन्तरता दिनुभयो ।’

भिजिट भिसा प्रकरणमाथि अख्तियारले छानबिन गरिरहेको बताउँदै समितिको आवश्यकता नरहेको कांग्रेसको अडान रहेको परियारले बताए । 

यसरी कांग्रेस र रास्वपाको छलफल निष्कर्षविहिन बनेको छ । कांग्रेसले रास्वपापछि माओवादीसँग बैठक गरेको छ । जबकी सो छलफल अघि नै रास्वपा र माओवादीले साझा धारणा बनाएका थिए । त्यसै कारण कांग्रेस माओवादीको बैठकपनि निष्कर्षबिना नै टुङ्गिने निश्चितप्राय छ । 

यसरी सत्तापक्ष र विपक्षीहरुको अडान परिवर्तन नभएपछि आजको संसद बैठक पनि अनिश्चित बनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै