नेभिगेशन
समाज

आजपनि अनिश्चित बन्यो संसद, रास्वपाले भन्यो –छानबिन गर्नुपर्छ, कांग्रेसले भन्यो– त्यो पर्दैन

काठमाडौँ । सोमबार २ बजेका लागि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अनिश्चित बनेको छ । आइतबार पहिलोपटक समय सारेर दोस्रो पटक बसेको बैठक विपक्षीको विरोधका कारण सोमबार २ बजेसम्मका लागि स्थगित भएको थियो । तर तोकिएको समय १ घण्टा बित्दासमेत बैठक बस्न सकेको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद बैठक सुरु हुनुअगावै भिजिट भिसा प्रकरणलाई लिएर माओवादी र रास्वपा लगायत विपक्षी दलहरु छलफलमा जुटेका थिए । उनीहरुले गृहमन्त्रीको राजीनामालाई थाँती राखेर छानबिन समिति गठन नहुन्जेलसम्म बैठक बस्न नसक्ने अडान कायम राखेका थिए । 

Ncell
Extreme Energy

विपक्षीको बैठक सक्किएलगत्तै नेपाली कांग्रेस र रास्वपाका नेताहरुबिच छलफल भएको थियो । सो बैठकमा रास्वपाले उक्त प्रकरण छानबिन गर्न समिति बनाउनुपर्ने माग राखेको तर कांग्रेस समिति गठनमा अनिच्छुक देखिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । ‘हामीले उक्त प्रकरण छानबिन गर्न जाँचबुझ आयोग वा संसदीय समिति गठन गर्नुपर्ने अडान राख्यौँ’, परियारले भने, ‘तर उहाँहरुले समिति बनाउन ुनपर्ने विषयलाई निरन्तरता दिनुभयो ।’

भिजिट भिसा प्रकरणमाथि अख्तियारले छानबिन गरिरहेको बताउँदै समितिको आवश्यकता नरहेको कांग्रेसको अडान रहेको परियारले बताए । 

यसरी कांग्रेस र रास्वपाको छलफल निष्कर्षविहिन बनेको छ । कांग्रेसले रास्वपापछि माओवादीसँग बैठक गरेको छ । जबकी सो छलफल अघि नै रास्वपा र माओवादीले साझा धारणा बनाएका थिए । त्यसै कारण कांग्रेस माओवादीको बैठकपनि निष्कर्षबिना नै टुङ्गिने निश्चितप्राय छ । 

यसरी सत्तापक्ष र विपक्षीहरुको अडान परिवर्तन नभएपछि आजको संसद बैठक पनि अनिश्चित बनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।