नेभिगेशन
समाज

संसद खुलाउन रास्वपाले पठायो कांग्रेसलाई सहमतीको ५ बुँदे प्रस्ताव

काठमाडौँ । भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेपाली कांग्रेसलाई सहमतीको प्रस्ताव पठाएको छ । गृहमन्त्री रमेश लेखकको राजिनामा सहित उच्च स्तरीय छानबिन समितिको माग गर्दै प्रतिनिधि सभामा अवारेध गर्दै आएको रास्वपाले  अवरोध हटाउन ५ बुँदे प्रस्ताव गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


यस्तो छन् रास्वपाका प्रस्तावः
१)अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी नेपाल सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने।

Ncell
Extreme Energy

२)अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रत्यक्ष संवैधानिक क्षेत्राधिकारमाथि अतिक्रमण नगरी विगत केही वर्षहरूमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नता भएको आशंका हुँदा यसको व्यापक र बहुआयामिक अनुसन्धान गर्न पाँच दिनभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने जसले तालिकासहित प्रधानमन्त्री मार्फत आएको सरकारी प्रतिबद्धताको अनुगमन गर्न सर्वपक्षीय सांसदहरु सम्मिलित Legislative Oversight Group को रूपमा पनि काम गर्ने।

३) छानबिन समितिको कार्यक्षेत्र, संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गर्ने। कार्यसम्पादन समितिले छानविन समितिको कार्यविधि ५ (पाँच) दिन भित्र तय गरी समिति गठन गर्ने।

४) छानबिन प्रक्रियामा गृह मन्त्रालय मातहतका अध्यागमन विभाग, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै छानविन पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र निम्न कार्यहरूमा समिति केन्द्रित हुने उल्लेख छ।

साथै रास्वपाले निम्न प्रस्तावसमेत गरेको छ:

१.नीतिगत एवं प्रणालीगत कमजोरीहरूको पहिचान र विश्लेषण (भिजिट भिसा, श्रम स्वीकृति, अध्यागमन, आदेश आदी )।

२.मानव तस्करी र संगठित अपराधसँग सम्बन्धित व्यक्ति र संस्थाहरुको अवैध संजालमाथि अध्ययन र अनुसन्धान।

३.पीडितको संरक्षण र पीडितमैत्री पुनर्स्थापनाका लागि प्रशासनिक एवं न्याय प्रणालीबारे सुझाव।

४.अन्तर-निकाय समन्वय र सहकार्यबारे सुधार सिफारिस।

५.राजनीतिक-प्रशासनिक जवाफदेहिता र कर्तव्यवोध खोज्दै गृहमन्त्रीको राजीनामाबारे निर्णय।

५) छानबिन समिति गठन, अनुसन्धान प्रक्रिया र अध्ययन प्रतिवेदन सार्वजनिक गर्दा पारदर्शीताको उच्च मापदण्ड अपनाइने।

रास्वपाले यस सहमति पत्रको उद्देश्य देशमा सुशासन, उत्तरदायित्व र न्यायिक प्रक्रिया सुदृढ गर्दै नागरिकको विश्वास पुनःस्थापना गर्नु हुँदा यस्ता संवेदनशील विषयहरूमा राज्यका सबै अंगहरू मिलेर काम गर्ने प्रतिबद्धता जनाइन्छ भन्ने पनि कांग्रेसलाई पठाएको प्रस्तावमा उल्लेख गरेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।