नेभिगेशन
समाज

अनेरास्ववियुको अध्यक्षमा प्रकाश पौडेलको उम्मेदवारी घोषणा

काठमाडौँ । सत्तारूढ नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष पदमा प्रकाश पौडेलले उम्मेदवारी घोषणा गरेका छने । यसअघि सचिव रहेका पौडेलले २४ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका हुन् ।  

संगठनमा उमेर हद लागु भएपछि पौडेल नेतृत्वको दाबेदार बनेका हुन् । स्कुले जीवनदेखि नै अनेरास्ववियुमा सक्रिय रहेका पौडेलले जिल्ला कमिटी सदस्य, सचिव, अध्यक्ष हुँदै केन्द्रीय सचिव तथा प्रवक्तासम्मको यात्रा गरिसकेका छने । २०६९ मा म्याग्दी जिल्लामा कालोबजारी र भ्रष्टाचारविरोधी अभियान चलाएर चर्चा कमाएका उनले गण्डकी प्रदेशमा स्वयंसेवी अभियान चलाउँदै अनेरास्ववियुको सांगठनिक विस्तारमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए।

राजनीतिक पृष्ठभुमि बलियो बनाउँदै अघि बढेका पौडेलले तत्कालीन धौलागिरी क्षेत्रमा ओली पक्षधर संगठन निर्माणमा भूमिका खेलेका थिए। जनकपुर महाधिवेशनदेखि म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङमा ओली समूहको सशक्त उपस्थिति बनाउन उनी अग्रसर रहेका थिए। 

सोही कारण पनि उनी अहिलेको प्रतिस्पर्धामा सांगठनिक अनुभव र निरन्तर सक्रियताका आधारमा अगाडि देखिएका छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...