नेभिगेशन
मुख्य समाचार

माधव नेपाल र बिप्लवसँग पार्टी एकताको छलफल चलिरहेको छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाल र बिप्लवसंग पार्टी एकताको छलफल चलिरहेको बताउनुभएको छ । 

मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामा रहेका माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग एकताको छलफल चलिरहेको बताएका हुन् ।

CG

प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने गरि ध्रुविककरणको कार्यलाई प्राथमिकतामा राखिएको बताए । 

प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको र अभियानका क्रममा माओवादीको पक्षमा जनमत बढ्दै गएको देखिएको बताएका हुन् । 

माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा निरन्तर लागेको उनले बताए । 

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्तालाई प्रचण्डले माओवादीमा प्रवेश गराएका हुन् । माओवादीमा प्रवेश गरेका नेताहरुलाई उचित जिम्मेवारी दिइने प्रचण्डले बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काँग्रेस विशेष महाधिवेशन सुरु, महामन्त्रीद्वय थापा र शर्माले गरे उद्घाटन

काँग्रेस विशेष महाधिवेशन सुरु, महामन्त्रीद्वय थापा र शर्माले गरे उद्घाटन

उद्घाटनसत्रमा सहभागी हुन पार्टी नेतृत्वलाई आमन्त्रण गरेपनि उनीहरु भने उपस्थीत भएनन् । विशेष महाधिवेशन अन्तर्गत बन्द सत्रमा पार्टीका आन्तरिक लगाएतका बिषयमा छलफल गर्ने र आवश्यक निर्णय हुने नेताहरुले...
पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला

पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला

उनले भने, “म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिन, म यहाँ प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्वकांक्ष केही छैन, मलाई मन्त्री, महामन्त्री हुने लोभले...
भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थललाई ड्रोनबाट नियाल्दा(तस्बिरहरु)

भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थललाई ड्रोनबाट नियाल्दा(तस्बिरहरु)

देशभरबाट पार्टीको विशेष महाधिवेशनमा सफल पार्नका लागि महाधिवेशन स्थलमा उपस्थित नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले कार्यक्रम भरिभराउ देखिएको हो ।