नेभिगेशन
समाज

आफुलाई इच्छा लागेको विषय पढ्न नपाएर विद्यार्थीहरु फेल भएः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुले चाहेको बिषय पढ्न पाउने गरि विश्वविद्यालयलाई तयार गर्नुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार जनकपुरमा राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुलाई इच्छा लागेका बिषयहरु पढ्न पाए उनीहरुले आफ्नो प्रतिभा देखाउन सक्ने भएकाले चाहेको बिषय पढ्न पाउने गरि विश्वविद्यालयलाई तयार गर्नुपर्ने बताएका हुन् । 

Ncell
Extreme Energy

उनले प्रतिभा नभएर नभइ आफुलाई इच्छा लागेको विषय पढ्न नपाएर विद्यार्थीहरु फेल हुने गरेको जिकिर गरे । उनले राजर्षि जनक विश्वविद्यालयबाट दीक्षित भएका विद्यार्थीहरु विश्वका जुनसुकै नागरिकसँग प्रतिस्पर्धा गर्न अब्बल सावित हुने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले पश्चिमा विश्वविद्यालयहरु नेपालमा भन्दा करिब १८ सय वर्षपछि मात्र स्थापना भएको उल्लेख गरे । 

विभिन्न संकाय र तहका १२५ विद्यार्थी दीक्षित भएको राजर्षि जनक विश्वविद्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।