नेभिगेशन
मुख्य समाचार

नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २३७ रनको लक्ष्य दिएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रनको योगफल बनायो । 

CG

नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाएका हुन् । यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५र३५ रन बनाए । यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११र११ तथा नन्दन यादवले १० रन बनाए । सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए । 

नेदरल्यान्डस्का लागि पउल भान मिकेरनले चार विकेट लिदाँ माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिए । नेदरल्यान्ड्स अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काँग्रेस विशेष महाधिवेशन सुरु, महामन्त्रीद्वय थापा र शर्माले गरे उद्घाटन

काँग्रेस विशेष महाधिवेशन सुरु, महामन्त्रीद्वय थापा र शर्माले गरे उद्घाटन

उद्घाटनसत्रमा सहभागी हुन पार्टी नेतृत्वलाई आमन्त्रण गरेपनि उनीहरु भने उपस्थीत भएनन् । विशेष महाधिवेशन अन्तर्गत बन्द सत्रमा पार्टीका आन्तरिक लगाएतका बिषयमा छलफल गर्ने र आवश्यक निर्णय हुने नेताहरुले...
पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला

पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला

उनले भने, “म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिन, म यहाँ प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्वकांक्ष केही छैन, मलाई मन्त्री, महामन्त्री हुने लोभले...
भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थललाई ड्रोनबाट नियाल्दा(तस्बिरहरु)

भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थललाई ड्रोनबाट नियाल्दा(तस्बिरहरु)

देशभरबाट पार्टीको विशेष महाधिवेशनमा सफल पार्नका लागि महाधिवेशन स्थलमा उपस्थित नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले कार्यक्रम भरिभराउ देखिएको हो ।