नेभिगेशन
समाज

गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

तनहुँ । उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरु त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउन थालेका छन् । काठमाडौँ तथा चितवनबाट गाडीमा दुई÷तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्‍याफ्टिङ गर्नेको सङ्ख्या केही दिनयता बढेको हो । र्‍याफ्टिङ मात्रै होइन यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरु देखिन्छन् ।

Ncell
Extreme Energy

त्यसो त यो र्‍याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो । लामो समयदेखि र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आउनुभएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेल यतिबेला र्‍याफ्टिङका लागि आउनेहरुको सङ्ख्या उल्लेख्य बढेको बताउँछन् । 

“र्‍याफ्टिङका लागि यो अनुकूल समय हो, वर्खा सुरु नभएकाले नदीमा पानीको सतह पनि बढेको छैन”, उनले भने, “पारिवारिक साहसिक गतिविधि भएकाले र्‍याफ्टिङ गर्नेहरु बढेका छन् ।” बिदाका दिन आउने, र्‍याफ्टिङ गर्ने र रिसोर्ट तथा भिल्लामा एक रात बिताउनेहरु बढेको उनकाे भनाइ छ । 

उनका अनुसार त्रिशूलीमा खासगरी काठमाडौँ, चितवन, पोखरालगायतका सहरबाट मानिसहरु आउने गरेका छन् । “कतिपय मानिसहरु काठमाडौँ–चितवन–पोखराको यात्राका क्रममा पनि र्‍याफ्टिङ गरेर जानेहरु हुनुहुन्छ, त्यसबाहेक काठमाडौँ र चितवनबाट प्याकेजमा र्‍याफ्टिङलगायतका गतिविधिका लागि आउनेहरु हुनुहुन्छ”, उनले भने । यहाँ आउनेहरु गर्मी छल्ने मात्रै नभइ नदीमाथि स्काइ साइकलिङलगायतका गतिविधिका लागि पनि आउने गरेको उनकाे बुझाइ छ ।

त्रिशूली नदीमा र्‍याफ्टिङ निकै सहज भएकाले काठमाडौँबाट चितवन वा पोखरा जाने जोकोहीले पनि बाटोमा र्‍याफ्टिङ गर्न सक्छन् । “र्‍याफ्टिङ सबै उमेर समूहका लागि हो”, सञ्चालक कँडेलले भने ।  

र्‍याफ्टिङ गाइड मिथुन श्रेष्ठका अनुसार त्रिशूली नदी आफैँमा र्‍याफ्टिङका लागि प्रमुख गन्तव्य हो । परिवार तथा साथीहरुको समूहमा नदीमा र्‍याफ्टिङ गर्दा र्‍यापिड (पानीको भङ्गालो) मा पैंठेजोरी खेल्दै जानुको अनुभव निकै रोमाञ्चक हुने उनकाे अनुभव छ । काठमाडौँबाट नजिकैको गन्तव्य र सहज यातायातको पहुँचका कारणले त्रिशूली र्‍याफ्टिङको प्रमुख गन्तव्य बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...