नेभिगेशन
मुख्य समाचार

भिडियो बनाएकै विषयमा पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरी स्रोतका अनुसार विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

प्रहरीले आधिकारीक रुपमा बोल्न नमाने पनि पाठकले 'टफ टक विथ दिल भुषण पाठक' नामक युट्युब च्यानलमा अपलोड गरेको भिडियोलाई लिएर उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको जनाइएको छ । 

पाठकले केही समय अघि हिल्टन होटलको शेयर खरिदबिक्रीसँग सम्बन्धित सामग्री अपलोड गरेका थिए । 

उक्त भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको सम्पत्तिका विषयमा प्रश्न गरेका थिए । पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कुलमानले भनेः विद्युतको बक्यौता उठाउन सफल भयौँ, उद्योगीहरुलाई धन्यवाद

कुलमानले भनेः विद्युतको बक्यौता उठाउन सफल भयौँ, उद्योगीहरुलाई धन्यवाद

‘डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको छ । यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित...
दिपक खड्काले स्काउटको जग्गा कब्जा गरेर बनाएका संरचनामा महानगरको डोजर

दिपक खड्काले स्काउटको जग्गा कब्जा गरेर बनाएका संरचनामा महानगरको डोजर

दिइएको म्यादमा पनि संरचना खाली नगरेपछि आज महानगरले डोजर चलाएको हो । दिपक खड्काको कम्पनी खड्का ल्याण्डले स्काउटको जग्गामा लैनचौर ब्याङ्क्वेट र माई च्वाइस नामक रेस्टुरेन्ट चलाएको छ...
नयाँ मतदातामा निर्वाचनको उत्साह

नयाँ मतदातामा निर्वाचनको उत्साह

गत असोज ९ गतेदेखि नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएकामा हालसम्म ६ सय बढीको नाम दर्ता भइसेकको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर रतन चन्दले जानकारी दिए ।...
आजको मौसमः: देशभरको मौसम सफा रहने पूर्वानुमान

आजको मौसमः: देशभरको मौसम सफा रहने पूर्वानुमान

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।