नेभिगेशन
मुख्य समाचार

भिजिट भिसा प्रकरणमा विपक्षीको अडान नहटेपछि सुरु हुन सकेन संसद बैठक

काठमाडौँ । भिटिज भिसा प्रकरणमा विपक्षी दलहरुले आफ्नो अडानबाट पछि नहटेपछि बुधबार १ बजे बस्ने भनिएको संसद बैठक अनिश्चित बनेको छ । माओवादी केन्द्र, रास्वपा र नेकपा एस लगायतका दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको हुनुपर्ने मागबाट पछि नहटेपछि संसद बैठक अनिश्चित बनेको हो । 

बधुबार प्रतिनिधिसभाको बैठक बस्ने समयभन्दा अघि बानेश्वरमा बसेको विपक्षी दलको बैठकले उक्त प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठन नगरुन्जेलसम्म बैठक चल्न नदिने अडान कसेका थिए । माओवादी केन्द्रका वर्षमान पुन, हितराज पाण्डे, रास्वपाका सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे लगायतका नेताहरु बसेको उक्त बैठकमा गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने साझा निष्कर्ष बनेको हो । 

CG

विपक्षीहरुको सो अडानपछि जेठ १३ गतेयता चल्न नसकेको बैठक आजपनि नचल्ने निश्चितप्राय छ । सत्तारुढ दलहरुले कर्मचारी तानिएको विषयमा गृहमन्त्रीले राजीनामा दिनुनपर्ने अडान कायम राखेपछि सत्तापक्ष र प्रतिपक्षको मत बाझिएको हो । मत बाझिदा कति संसद बैठक बस्दै नबसी स्थगित भएका छन् भने कति बसेर चल्न नसक्दा स्थगित भएका छन् । 

बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक यो समाचार तयार गर्दासम्म पनि सुरु भएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गरिन् । साथै बिभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दवाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था...
पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको जानकारी दिएका हुन् । आयोगले बयानका लागि...
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान...
कुलमानले गरे उज्यालो घरको उद्घाटन, भने नयाँहरु एक भएर जान्छौँ

कुलमानले गरे उज्यालो घरको उद्घाटन, भने नयाँहरु एक भएर जान्छौँ

उक्त पार्टीले बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा उज्यालो घर, नामाकरण गर्दै केन्द्रीय कार्यालय खोलेको हो । उज्यालो घरको उद्घाटन गर्दै घिसिङले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचन नयाँ शक्तिहरुको...