नेभिगेशन
समाज

भिजिट भिसा प्रकरणमा विपक्षीको अडान नहटेपछि सुरु हुन सकेन संसद बैठक

काठमाडौँ । भिटिज भिसा प्रकरणमा विपक्षी दलहरुले आफ्नो अडानबाट पछि नहटेपछि बुधबार १ बजे बस्ने भनिएको संसद बैठक अनिश्चित बनेको छ । माओवादी केन्द्र, रास्वपा र नेकपा एस लगायतका दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको हुनुपर्ने मागबाट पछि नहटेपछि संसद बैठक अनिश्चित बनेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बधुबार प्रतिनिधिसभाको बैठक बस्ने समयभन्दा अघि बानेश्वरमा बसेको विपक्षी दलको बैठकले उक्त प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठन नगरुन्जेलसम्म बैठक चल्न नदिने अडान कसेका थिए । माओवादी केन्द्रका वर्षमान पुन, हितराज पाण्डे, रास्वपाका सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे लगायतका नेताहरु बसेको उक्त बैठकमा गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने साझा निष्कर्ष बनेको हो । 

Ncell
Extreme Energy

विपक्षीहरुको सो अडानपछि जेठ १३ गतेयता चल्न नसकेको बैठक आजपनि नचल्ने निश्चितप्राय छ । सत्तारुढ दलहरुले कर्मचारी तानिएको विषयमा गृहमन्त्रीले राजीनामा दिनुनपर्ने अडान कायम राखेपछि सत्तापक्ष र प्रतिपक्षको मत बाझिएको हो । मत बाझिदा कति संसद बैठक बस्दै नबसी स्थगित भएका छन् भने कति बसेर चल्न नसक्दा स्थगित भएका छन् । 

बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक यो समाचार तयार गर्दासम्म पनि सुरु भएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...