नेभिगेशन
मुख्य समाचार

नेपालखबर र बिजमाण्डुको समाचार हटाउने अदालतको आदेशप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघले काठमाडौं जिल्ला अदालतद्वारा नेपालखबर डटकम र बिजमाण्डु डटकमविरुद्ध तत्काल समाचार हटाउनु भन्दै जारी गरिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले अदालतको उक्त आदेश प्रेस स्वतन्त्रता, संविधान र अन्तर्राष्ट्रिय मान्यता विपरीत रहेको ठहर गर्दै आपत्ति जनाएको हो।

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलबार दुई अनलाइन मिडियामा प्रकाशित समाचारहरू हटाउन र यस्ता ‘अप्रमाणित, तथ्यहीन’ सामग्री प्रकाशन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
अदालतको सो आदेश प्रेस स्वतन्त्रता र संवैधानिक मर्म विपरित रहेको महासंघले जनाएको छ । महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यममा प्रकाशितरप्रसारित समाचारप्रति चित्त नबुझेको अवस्थामा उजुरी लिने र आवश्यक कारबाही गर्ने अधिकार प्रेस काउन्सिल नेपालको हो। त्यसलाई नजरअन्दाज गर्दै अदालतबाट आएको आदेश प्रेस स्वतन्त्रता र संवैधानिक मर्म विपरीत छ।”

महासंघकाले नेपालको संविधान २०७२ को प्रस्तावनाले ‘पूर्ण प्रेस स्वतन्त्रता’को प्रत्याभूति दिएको र कुनै पनि निकायको आदेशले त्यसलाई सीमित गर्न नसक्ने बताएको छ। लोकतन्त्रमा न्यायालयको निर्णय पालना हुनुपर्छ भन्ने महासंघ दृढ रहँदा रहँदै अदालतले गरेको सो आदेश आपत्तिजनक रहेको महासंघले जनाएको छ । “ तर, अदालतको यो आदेश नेपालको संविधानका व्यवस्था र मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यासविपरीत भएकाले यसप्रति महासंघ आपत्ति प्रकट गर्दछ ।”

महासंघले आदेशप्रति पुनर्विचार गर्न आग्रह गर्दै अन्यथा कानुनी प्रतिवाद तथा आवश्यक गतिविधि अघि बढाउने चेतावनी समेत दिएको छ। साथै, महासंघले सम्पूर्ण सञ्चारमाध्यमलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ । 

nepalkhabar-1749629477.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने होप फर्टिलिटीलाई मुद्दा नै नचलाउने निर्णय

नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने होप फर्टिलिटीलाई मुद्दा नै नचलाउने निर्णय

ति किशोरीहरुको आर्थिक अवस्था त्यति राम्रो छैन । उनीहरु अहिले काठमाडौँमा कक्षा १२ मा पढ्दै छन् । काँचो उमेरमा पैसाकै प्रलोभनका कारण उनले त्यस्तो डिजिसन लिएको हुनसक्ने एक...
प्रधानमन्त्री कार्कीले भेटिन जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका बोहरालाई

प्रधानमन्त्री कार्कीले भेटिन जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका बोहरालाई

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उनले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भलाकुसारी गरेकी हुन ।
संसद् पुनस्र्थापनाका लागि कानूनी लडाई र सडक संघर्षमा जाने ओलीको घोषणा

संसद् पुनस्र्थापनाका लागि कानूनी लडाई र सडक संघर्षमा जाने ओलीको घोषणा

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधि पुनःस्थापनाको विकल्प नभएको भन्दै अदालत र सडक संघर्षमा जाने घोषणा गरेका हुन। ।...
नेत्रविक्रम चन्द नेतृत्वको दललाई आयोगबाट मान्यता

नेत्रविक्रम चन्द नेतृत्वको दललाई आयोगबाट मान्यता

आयोगको कार्यालय, बहादुर भवनमा नेता चन्दलाई आयोगका सचिव महादेव पन्थले सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन । सो दलले गुलाब निर्वाचन चिह्न पाएको छ । गत कात्तिक ११ गते...

भर्खरै