नेभिगेशन
समाज

पाठकमाथिको पक्राउ पुर्जी र २ अनलाइनका समाचार हटाउने आदेशको पुनरावलोकन होस्ः प्रेस चौतारी

काठमाडौँ । प्रेस चौतारी नेपालले बिजमाण्डु डटकम र नेपाल खबर डटकममा प्रकाशित समाचार हटाउने काठमाडौं जिल्ला अदालतको आदेश र  समाचारका सन्दर्भमा पत्रकार दिलभूषण पाठकमाथि जारी गरिएको पक्राउ पुर्जीप्रति गम्भीर आपत्ति जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक विज्ञप्ति जारी गर्दै प्रेस चौतारीले नेपालको संविधानमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको प्रत्याभूति भएको स्मरण गराउँदै प्रकाशित सामग्रीप्रति असन्तुष्टि भएमा त्यसको प्रारम्भिक मूल्यांकन गर्ने जिम्मा प्रेस काउन्सिल नेपालमा रहेको बताएको छ । 

Ncell
Extreme Energy

‘संविधानको रक्षा गर्ने जिम्मेवारी अदालतको हो भन्नेमा हामी स्पष्ट छौँ,’ चौतारीले भनेको छ, ‘यसर्थ, सम्मानित अदालतले आफ्नो प्रारम्भिक आदेशको पुनरावलोकन गरी संविधान र विधिको मर्मअनुसार सुधार गर्ने विश्वास लिएका छौँ।’

साथै, चौतारीले नेपाल प्रहरीको साइबर ब्युरोद्वारा पत्रकार पाठकमाथि जारी गरिएको पक्राउ पुर्जी तत्काल खारेज गरेर प्रेस स्वतन्त्रप्रति प्रतिबद्धता देखाउन आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रेस चौतारी नेपालको दृढ विश्वास छ, सम्मानित अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गर्दै संविधान र विधिको मर्मअनुरूप सुधार गर्नेछ । त्यस्तै, नेपाल प्रहरीको साईबर ब्युरोले पत्रकार पाठकमाथि जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गरी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता दर्शाउने छ ।’ 

प्रेस चौतारीले सबै सञ्चारमाध्यम र पत्रकारहरूलाई पत्रकार आचारसंहिता पालन गर्नसमेत अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...