नेभिगेशन
समाज

पाठकमाथिको पक्राउ पुर्जी र २ अनलाइनका समाचार हटाउने आदेशको पुनरावलोकन होस्ः प्रेस चौतारी

काठमाडौँ । प्रेस चौतारी नेपालले बिजमाण्डु डटकम र नेपाल खबर डटकममा प्रकाशित समाचार हटाउने काठमाडौं जिल्ला अदालतको आदेश र  समाचारका सन्दर्भमा पत्रकार दिलभूषण पाठकमाथि जारी गरिएको पक्राउ पुर्जीप्रति गम्भीर आपत्ति जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै प्रेस चौतारीले नेपालको संविधानमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको प्रत्याभूति भएको स्मरण गराउँदै प्रकाशित सामग्रीप्रति असन्तुष्टि भएमा त्यसको प्रारम्भिक मूल्यांकन गर्ने जिम्मा प्रेस काउन्सिल नेपालमा रहेको बताएको छ । 

‘संविधानको रक्षा गर्ने जिम्मेवारी अदालतको हो भन्नेमा हामी स्पष्ट छौँ,’ चौतारीले भनेको छ, ‘यसर्थ, सम्मानित अदालतले आफ्नो प्रारम्भिक आदेशको पुनरावलोकन गरी संविधान र विधिको मर्मअनुसार सुधार गर्ने विश्वास लिएका छौँ।’

साथै, चौतारीले नेपाल प्रहरीको साइबर ब्युरोद्वारा पत्रकार पाठकमाथि जारी गरिएको पक्राउ पुर्जी तत्काल खारेज गरेर प्रेस स्वतन्त्रप्रति प्रतिबद्धता देखाउन आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रेस चौतारी नेपालको दृढ विश्वास छ, सम्मानित अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गर्दै संविधान र विधिको मर्मअनुरूप सुधार गर्नेछ । त्यस्तै, नेपाल प्रहरीको साईबर ब्युरोले पत्रकार पाठकमाथि जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गरी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता दर्शाउने छ ।’ 

प्रेस चौतारीले सबै सञ्चारमाध्यम र पत्रकारहरूलाई पत्रकार आचारसंहिता पालन गर्नसमेत अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने होप फर्टिलिटीलाई मुद्दा नै नचलाउने निर्णय

नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने होप फर्टिलिटीलाई मुद्दा नै नचलाउने निर्णय

ति किशोरीहरुको आर्थिक अवस्था त्यति राम्रो छैन । उनीहरु अहिले काठमाडौँमा कक्षा १२ मा पढ्दै छन् । काँचो उमेरमा पैसाकै प्रलोभनका कारण उनले त्यस्तो डिजिसन लिएको हुनसक्ने एक...
प्रधानमन्त्री कार्कीले भेटिन जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका बोहरालाई

प्रधानमन्त्री कार्कीले भेटिन जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका बोहरालाई

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उनले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भलाकुसारी गरेकी हुन ।
संसद् पुनस्र्थापनाका लागि कानूनी लडाई र सडक संघर्षमा जाने ओलीको घोषणा

संसद् पुनस्र्थापनाका लागि कानूनी लडाई र सडक संघर्षमा जाने ओलीको घोषणा

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधि पुनःस्थापनाको विकल्प नभएको भन्दै अदालत र सडक संघर्षमा जाने घोषणा गरेका हुन। ।...
नेत्रविक्रम चन्द नेतृत्वको दललाई आयोगबाट मान्यता

नेत्रविक्रम चन्द नेतृत्वको दललाई आयोगबाट मान्यता

आयोगको कार्यालय, बहादुर भवनमा नेता चन्दलाई आयोगका सचिव महादेव पन्थले सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन । सो दलले गुलाब निर्वाचन चिह्न पाएको छ । गत कात्तिक ११ गते...

भर्खरै