नेभिगेशन
समाज

नेपालखबर र बिजमाण्डुलाई अदालतले दिएको आदेश अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता मान्यताको प्रतिकूलः डिम्यान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चारमाध्यमहरू नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउन दिएको अल्पकालीन अन्तरिम आदेशप्रति डिजिटल मिडिया एलाइन्स (डिम्यान)ले गम्भीर ध्यानाकर्षण गराएको छ। एलाइन्सले उक्त आदेश संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता मान्यताको प्रतिकूल भएको भन्दै चिन्ता व्यक्त गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दायर गरेको रिटमा मंगलबार अदालतले “निवेदकलाई अपूरणीय क्षति हुन सक्ने” भन्दै, अनलाइन समाचार हटाउन तथा भविष्यमा त्यस्ता समाचार प्रकाशित नगर्न आदेश दिएको थियो। आदेशमा ‘अप्रमाणित, तथ्यहीन समाचार प्रकाशन नगर्नु, प्रकाशित सामग्री तत्काल हटाउनु’ भन्ने आदेश छ, जसलाई डिजिटल मिडिया एलाइन्सले प्रेसमाथिको अंकुशको संज्ञा दिएको छ।

Ncell
Extreme Energy

मिडियामा प्रकाशित सामग्रीप्रति असन्तुष्टि भएमा कानुनी प्रक्रियामा जान सक्ने प्रावधान रहेपनि अदालतबाट समाचार हटाउने आदेशले प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय अभ्यासमाथि आघात पुर्‍याएको डिम्यानले जनाएको छ । एलाइन्सले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मिडियामा प्रकाशित सामग्रीप्रति असन्तुष्टि भएमा संवैधानिक र कानुनी प्रक्रिया अपनाएर समाधान खोज्न सकिने स्पष्ट मार्ग संविधानमा अवस्थित छ। तर अदालतबाट सिधा समाचार हटाउने आदेशले प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय अभ्यासमाथि आघात पुर्‍याएको छ।’

एलाइन्सले लोकतान्त्रिक समाजमा प्रेस स्वतन्त्रता एउटा अनिवार्य आधार भएको र सो स्वतन्त्रतामाथि अदालतमार्फत अंकुश लगाउनु संविधानको मर्म विपरीत भएको जनाएको छ। त्यस्तै न्यायालयप्रति सम्मान प्रकट गर्दै आदेशको पुनर्विचार गर्नसमेत डिम्यानले आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।