नेभिगेशन
मुख्य समाचार

संसदमा गृहमन्त्रीविरुद्ध नारावाजी, भोलिसम्मका लागि बैठक स्थगित

काठमाडौँ । भिटिज भिसा प्रकरणले निरन्तर अवरुद्ध हुँदै आएको संसद बैठकमा अजपनि सांसदहरुले नारवाजी गरेका छन् । सभामुख देवराज घिमिरेले संसद बैठक प्रारम्भ गरेपछि विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सांसदहरुले उठेर विरोध जनाएका थिए । 

त्यसपछि सत्ता पक्ष र विपक्षी दलका सांसदहरुबीच केहीबेर भनाभन भएको थियो । विपक्षी दलका सांसदहरुले ‘मानव तस्करलाई कारवाही गर’ भन्दै नारावाजी गरेका थिए । 

CG

आज दिउँसो १ बजेका लागि बैठक बस्ने तय भएको थियो । त्यसपछि सारेर सवा तीन बजे पुर्याइएको थियो । उक्त समयमा पनि सुरु हुन नसकेको बैठक पौने ४ बजे बल्ल सुरु भएको थियो । 

तर ढिलो सुरु भएको बैठकमा पनि चर्को नारवाजी भएपछि सभामुखले भोलिसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

बधुबार प्रतिनिधिसभाको बैठक बस्नुअघि बानेश्वरमा बसेको विपक्षी दलको बैठकले उक्त प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठन नगरुन्जेलसम्म बैठक चल्न नदिने अडान कसेका थिए । 

माओवादी केन्द्रका वर्षमान पुन, हितराज पाण्डे, रास्वपाका सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे लगायतका नेताहरु बसेको उक्त बैठकमा गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने साझा निष्कर्ष बनेको हो । 

विपक्षीहरुको सो अडानपछि जेठ १३ गतेयता चल्न सकेको छैन ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गरिन् । साथै बिभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दवाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था...
पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको जानकारी दिएका हुन् । आयोगले बयानका लागि...
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान...
कुलमानले गरे उज्यालो घरको उद्घाटन, भने नयाँहरु एक भएर जान्छौँ

कुलमानले गरे उज्यालो घरको उद्घाटन, भने नयाँहरु एक भएर जान्छौँ

उक्त पार्टीले बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा उज्यालो घर, नामाकरण गर्दै केन्द्रीय कार्यालय खोलेको हो । उज्यालो घरको उद्घाटन गर्दै घिसिङले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचन नयाँ शक्तिहरुको...