नेभिगेशन
समाज

संसदमा गृहमन्त्रीविरुद्ध नारावाजी, भोलिसम्मका लागि बैठक स्थगित

काठमाडौँ । भिटिज भिसा प्रकरणले निरन्तर अवरुद्ध हुँदै आएको संसद बैठकमा अजपनि सांसदहरुले नारवाजी गरेका छन् । सभामुख देवराज घिमिरेले संसद बैठक प्रारम्भ गरेपछि विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सांसदहरुले उठेर विरोध जनाएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि सत्ता पक्ष र विपक्षी दलका सांसदहरुबीच केहीबेर भनाभन भएको थियो । विपक्षी दलका सांसदहरुले ‘मानव तस्करलाई कारवाही गर’ भन्दै नारावाजी गरेका थिए । 

Ncell
Extreme Energy

आज दिउँसो १ बजेका लागि बैठक बस्ने तय भएको थियो । त्यसपछि सारेर सवा तीन बजे पुर्याइएको थियो । उक्त समयमा पनि सुरु हुन नसकेको बैठक पौने ४ बजे बल्ल सुरु भएको थियो । 

तर ढिलो सुरु भएको बैठकमा पनि चर्को नारवाजी भएपछि सभामुखले भोलिसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

बधुबार प्रतिनिधिसभाको बैठक बस्नुअघि बानेश्वरमा बसेको विपक्षी दलको बैठकले उक्त प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठन नगरुन्जेलसम्म बैठक चल्न नदिने अडान कसेका थिए । 

माओवादी केन्द्रका वर्षमान पुन, हितराज पाण्डे, रास्वपाका सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे लगायतका नेताहरु बसेको उक्त बैठकमा गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने साझा निष्कर्ष बनेको हो । 

विपक्षीहरुको सो अडानपछि जेठ १३ गतेयता चल्न सकेको छैन ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...