नेभिगेशन
समाज

पत्रकार दिलभूषण पाठक पक्राउ गर्न घरमा पुग्यो प्रहरी, नभेटेपछि कार्यालयतर्फ सोझियो

काठमाडौँ । दिलभूषण पाठकलाई खोज्दै नेपाल प्रहरी उनको धुम्बाराहीस्थित निवासमा पुगेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पाठकविरुद्ध पक्राउ पुर्जी लिएपछि पक्राउ गर्न प्रहरीको टोली उनको घरमा पुगेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाठकलाई पक्राउ गर्न घरमा प्रहरी पुगेपनि पाठक भने सम्पर्कमा छैनन् । उनको फोन बुधबार बिहानैदेखि स्विच अफ रहेको छ । 

Ncell
Extreme Energy

पाठकलाई पक्राउ गर्न घरमा पुगेको प्रहरीले पाठकलाई नभेटेपछि प्रहरीहरु बालुवाटारस्थित उनको कार्यालय गएको छ । ‘पोशाक र सादा पोसाकका प्रहरीहरु घरमा आएर सोधीखोजी गरेका थिए । त्यहाँ पाठक नभेटेपछि कार्यालयतर्फ गएका छन् ।’,  उनीनिकट स्रोतले बतायो । 

त्यसो त पाठकले आफूले समाचार बनाएको आधारमा सिधै पक्राउ पुर्जी जारी हुनु दुखदः भएको भन्दै पत्रकार महासंघ र प्रेस काउन्सिललाई ध्यानाकर्षण गराएका थिए । ‘मैले प्रशारण गरेको सामग्रीका विषयमा कुनै असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला मसँग अनि त्यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने र त्यसमाथि प्रेस काउन्सिलले नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था रहँदा रहँदै किन विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजियो र फौजदारी कानुनमार्फत कारबाही गर्न खोजियो भन्ने कुराले गम्भीर आशंका उब्जाएको छ। त्यसमाथि सम्बन्धित अधिकारीहरुले उजुरी र आरोपका बारेमा कुनै जानकारी नदिने एकैचोटी बलपूर्वक पक्राउ गर्न खोजिनुले आशंकासँगै अनेकन प्रश्न उब्जाएको छ। ’, उनले पठाएको पत्रमा भनिएको छ । 

पाठकले यथार्थ विवरण नदिइ बलपूर्वक पक्राउ प्रयास गरिनु निन्दनीय रहेको बताएका छन् । उनले भनेका छन्, ‘अहिलेसम्म औपचारिक रुपमा मैले मविरुद्ध परेको उजुरी, ममाथि लगाइएको आरोप र उठाइएका प्रश्न के के हुन् भन्ने जानकारी नपाएकाले सम्बन्धित निकाय तथा अधिकारीबाट त्यसको जानकारी माग गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । योसँगै समाचार सामग्री प्रशारण गरेकै आधारमा सरकारबाट गर्न खोजिएको जबरजस्ती रोक्न आवश्यक कदम चाल्नु हुन पनि अनुरोध गर्दछु । ’

लामो समय पत्रकारिता गरिसकेका पाठकले पछिल्लो समय ‘टफ टक विथ दिलभूषण पाठक’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका छन्। उक्त च्यानलमा तीन साता पहिले प्रसारण गरिएको हिल्टन होटल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवासम्बन्धी रिपोर्टलाई लिएर प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा साइबर ब्युरोले पक्राउ पुर्जी लिएको थियो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...