नेभिगेशन
मुख्य समाचार

पत्रकार दिलभूषण पाठक पक्राउ गर्न घरमा पुग्यो प्रहरी, नभेटेपछि कार्यालयतर्फ सोझियो

काठमाडौँ । दिलभूषण पाठकलाई खोज्दै नेपाल प्रहरी उनको धुम्बाराहीस्थित निवासमा पुगेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पाठकविरुद्ध पक्राउ पुर्जी लिएपछि पक्राउ गर्न प्रहरीको टोली उनको घरमा पुगेको हो।

पाठकलाई पक्राउ गर्न घरमा प्रहरी पुगेपनि पाठक भने सम्पर्कमा छैनन् । उनको फोन बुधबार बिहानैदेखि स्विच अफ रहेको छ । 

पाठकलाई पक्राउ गर्न घरमा पुगेको प्रहरीले पाठकलाई नभेटेपछि प्रहरीहरु बालुवाटारस्थित उनको कार्यालय गएको छ । ‘पोशाक र सादा पोसाकका प्रहरीहरु घरमा आएर सोधीखोजी गरेका थिए । त्यहाँ पाठक नभेटेपछि कार्यालयतर्फ गएका छन् ।’,  उनीनिकट स्रोतले बतायो । 

त्यसो त पाठकले आफूले समाचार बनाएको आधारमा सिधै पक्राउ पुर्जी जारी हुनु दुखदः भएको भन्दै पत्रकार महासंघ र प्रेस काउन्सिललाई ध्यानाकर्षण गराएका थिए । ‘मैले प्रशारण गरेको सामग्रीका विषयमा कुनै असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला मसँग अनि त्यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने र त्यसमाथि प्रेस काउन्सिलले नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था रहँदा रहँदै किन विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजियो र फौजदारी कानुनमार्फत कारबाही गर्न खोजियो भन्ने कुराले गम्भीर आशंका उब्जाएको छ। त्यसमाथि सम्बन्धित अधिकारीहरुले उजुरी र आरोपका बारेमा कुनै जानकारी नदिने एकैचोटी बलपूर्वक पक्राउ गर्न खोजिनुले आशंकासँगै अनेकन प्रश्न उब्जाएको छ। ’, उनले पठाएको पत्रमा भनिएको छ । 

पाठकले यथार्थ विवरण नदिइ बलपूर्वक पक्राउ प्रयास गरिनु निन्दनीय रहेको बताएका छन् । उनले भनेका छन्, ‘अहिलेसम्म औपचारिक रुपमा मैले मविरुद्ध परेको उजुरी, ममाथि लगाइएको आरोप र उठाइएका प्रश्न के के हुन् भन्ने जानकारी नपाएकाले सम्बन्धित निकाय तथा अधिकारीबाट त्यसको जानकारी माग गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । योसँगै समाचार सामग्री प्रशारण गरेकै आधारमा सरकारबाट गर्न खोजिएको जबरजस्ती रोक्न आवश्यक कदम चाल्नु हुन पनि अनुरोध गर्दछु । ’

लामो समय पत्रकारिता गरिसकेका पाठकले पछिल्लो समय ‘टफ टक विथ दिलभूषण पाठक’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका छन्। उक्त च्यानलमा तीन साता पहिले प्रसारण गरिएको हिल्टन होटल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवासम्बन्धी रिपोर्टलाई लिएर प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा साइबर ब्युरोले पक्राउ पुर्जी लिएको थियो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचना महानगरले भत्कायो(तस्बिरहरु)

कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचना महानगरले भत्कायो(तस्बिरहरु)

पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता...
कुलमानले भनेः विद्युतको बक्यौता उठाउन सफल भयौँ, उद्योगीहरुलाई धन्यवाद

कुलमानले भनेः विद्युतको बक्यौता उठाउन सफल भयौँ, उद्योगीहरुलाई धन्यवाद

‘डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको छ । यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित...
दिपक खड्काले स्काउटको जग्गा कब्जा गरेर बनाएका संरचनामा महानगरको डोजर

दिपक खड्काले स्काउटको जग्गा कब्जा गरेर बनाएका संरचनामा महानगरको डोजर

दिइएको म्यादमा पनि संरचना खाली नगरेपछि आज महानगरले डोजर चलाएको हो । दिपक खड्काको कम्पनी खड्का ल्याण्डले स्काउटको जग्गामा लैनचौर ब्याङ्क्वेट र माई च्वाइस नामक रेस्टुरेन्ट चलाएको छ...
नयाँ मतदातामा निर्वाचनको उत्साह

नयाँ मतदातामा निर्वाचनको उत्साह

गत असोज ९ गतेदेखि नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएकामा हालसम्म ६ सय बढीको नाम दर्ता भइसेकको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर रतन चन्दले जानकारी दिए ।...