नेभिगेशन
मुख्य समाचार

काठमाडाैँ महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरा देखि म्हेपीसम्मको ढल निर्माणको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदीप परियारसहित अन्य उच्चपदस्थ कर्मचारीहरूमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरु निर्देशक रवीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक बसन्त आचार्य, निर्देशक नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र खरिद एकाईका सहायक निर्देशक उत्तम दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुले मिलेमतोमा ठेक्काको मूल्याङ्कन प्रक्रियामा मनपरी मूल्याङ्कन प्रतिवेदन तयार पारी सरकारी सम्पत्तिमा नोक्सानी पुर्‍याएको आरोप छ।

CG

त्यस्तै उनीहरुले चार करोड एकतीस लाख बहत्तर हजार दुई सय सतासी रुपैयाँ बत्तीस पैसा बराबरको रकम हिनामिना गरेको आरोप छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

सडक डिभिजन कार्यालय हेटौंडाले सडकको दायाँबायाँ २५/२५ मिटर विस्तारका लागि घरटहरा हटाउन २०७६, २०८०, २०८२ मा पटकपटक सूचना जारी गर्ने गरेको थियो । तर स्थानीय घरधनीहरुले त्यस विरुद्ध...
राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

जेनजी आन्दोलन पछिको राजनीतिक संक्रमणका बेला पुराना दलहरुमा ठूलो बिग्रह र पुस्तान्तरणको क्रम चलिरहेको छ । केही दलहरु तिब्र एकीकरण र खारेजीमा गइरहँदा रवि नेतृत्वको रास्वपा भने एकढिक्का...
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे...