नेभिगेशन
समाज

संवैधानिक पदाधिकारी नियुक्ति प्रकरणमा सर्वोच्चको फैसला असार १८ मा

काठमाडौँ । सर्वोच्च अदालतले आज सुनाउने भनिएको संवैधानिक पदाधिकारी नियुक्तिको फैसला असार १८ गतेका लागि सारिएको छ। संवैधानिक परिषद्को सिफारिसमा २०७७ र २०७८ सालमा नियुक्त गरिएका ५२ जना संवैधानिक पदाधिकारीहरूको वैधता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज सुनाउने भनिएको फैसला असार १८ गतेका लागि सारिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा आज फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति २० दिन सरेको हो । 

Ncell
Extreme Energy

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरी तीन सदस्यको उपस्थिति मात्र भए पनि निर्णय गर्न मिल्ने व्यवस्था गरेका थिए। सोही आधारमा २०७७ मंसिर ३० गते परिषद्ले ३८ जना पदाधिकारी सिफारिस गरेको थियो, जसमा अधिकांश नियुक्ति संसदीय सुनुवाइबिना भएको थियो।

पछिल्लोपटक २०७८ सालमा संसद विघटन भएपछि थप २० जना पदाधिकारी नियुक्त गरिएको थियो। यी सबै नियुक्तिहरू विरुद्ध सर्वोच्च अदालतमा १५ वटा रिट निवेदन परेका थिए।

सुनुवाइको अन्तिम चरणमा पुगेको यो मुद्दाको फैसला अब २०७८ असार १८ गते सुनाइने छ, जसले नेपालको संवैधानिक परिपाटीमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...