नेभिगेशन
मुख्य समाचार

वडाध्यक्ष र उपमेयरसँग छलफलपछि कार्यपालिका बैठक बोलाउन तयार भए बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह कार्यपालिका बैठक बोलाउन सहमत भएका छन् । बुधबार उपमेयर सुनिता डंगोल र ३ जना वडाध्यक्षबिच भएको छलफलपछि बालेन कार्यपालिका बैठक बोलाउन सहमत भएका हुन् । 

बुधबार मेयर शाह, सुनिता डंगोल, वडा नं १७ का वडाध्यक्ष नवीन मानन्धर, वडा नं ३२ का वडाध्यक्ष नवराज पराजुली र वडा नं १५ का वडाध्यक्ष ईश्वरमान डंगोलबिच राष्ट्रिय सभा गृहमा छलफल भएको हो । उक्त छलफलपछि बालेन कार्यपालिका बैठक र नगर सभा बोलाउन सहमत भएका हुन् । 

‘हामी हिजो छलफलमा बसेका थियौँ । कार्यपालिका र नगरसभा नबस्दा महानगरपालिकाभित्रको कामहरु अस्तव्यस्त हुन लागेको विषयमा छलफलपछि मेयरज्यू बैठक बोलाउन सकरात्मक देखिनुभएको छ । उहाँहरुले एजेण्डा तय गरेर बैठक बोलाउनुहुन्छ ।’, महानगरका प्रवक्तासमेत रहेका छलफलमा सहभागि डा नं १७ का वडाध्यक्ष नवीन मानन्धरले सिधाकुरालाई बताए । 

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको विवादपछि करिब ५ महिनादेखि महानगरपालिकाको कार्यपालिका र नगर सभा बैठक बस्न सकेको छैन । मेयर शाहले गुरागाईँले पुरानो बसपार्कस्थित निर्माणाधिन भ्यू टावरको नक्सा पास प्रक्रियामा अनियमितता गरेको भन्दै कार्यपालिका बैठक बोलाउन असमर्थ रहेको जनाएका थिए । त्यस्तै गत पुस १४ गतेयता महानगर कार्यपालिकाको बैठक बस्न सकेको थिएन । तर बुधबार बालेन सकारात्मक देखिएपछि बैठक बस्ने विषयमा कार्यपालिका सदस्यहरु उत्साहित देखिन्छन् । 

‘लामो समयदेखिको संवादहिनता तोडिएको झैँ भएको छ । बैठक बस्ने विषयले उत्साहित छौँ । बैठक बसेपछि त लाइभ मै देखिहाल्नुहुन्छ नि ।’, प्रवक्ता मानन्धरले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जब हेर्दा हेर्दै आफैँले चलाएको गाडी एक्कासी आएको बाढीले बगायो

जब हेर्दा हेर्दै आफैँले चलाएको गाडी एक्कासी आएको बाढीले बगायो

उनका अनुसार शान्तिपुरबाट फर्किने क्रममा सत्यवति गाउँपालिका ६ मा पर्ने डहरे खोलामा एक्कासी आएका बाढीले उनले आफैँले चलाएको गाडी बगायो ।
रविले रिहाईको माग गर्दै गुहारे रुपन्देही अदालत

रविले रिहाईको माग गर्दै गुहारे रुपन्देही अदालत

उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन्।
सर्लाहीका मेयर भरत थापा भ्रष्टाचारी ठहर, गैर कानूनी सम्पत्ति आर्जनमा एक वर्ष कैद सजाय

सर्लाहीका मेयर भरत थापा भ्रष्टाचारी ठहर, गैर कानूनी सम्पत्ति आर्जनमा एक वर्ष कैद सजाय

अदालतले मेयर थापासहित ३ जनालाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गतको कसूरमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि यहि साउन २९ गते पेशी तोकेको छ ।
जापानको हिरोशिमा आणविक वम  विस्फोटको ८० बर्ष

जापानको हिरोशिमा आणविक वम  विस्फोटको ८० बर्ष

हिरोशिमामा आणविक बम बारी भएको ८० वर्ष पूरा भएको अवसरमा जापानले बुधबार एक समारोहको आयोजना गरी विश्वलाई आणविक हतियार आतङ्कको सम्झना गराएको छ ।

भर्खरै