नेभिगेशन
समाज

वडाध्यक्ष र उपमेयरसँग छलफलपछि कार्यपालिका बैठक बोलाउन तयार भए बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह कार्यपालिका बैठक बोलाउन सहमत भएका छन् । बुधबार उपमेयर सुनिता डंगोल र ३ जना वडाध्यक्षबिच भएको छलफलपछि बालेन कार्यपालिका बैठक बोलाउन सहमत भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार मेयर शाह, सुनिता डंगोल, वडा नं १७ का वडाध्यक्ष नवीन मानन्धर, वडा नं ३२ का वडाध्यक्ष नवराज पराजुली र वडा नं १५ का वडाध्यक्ष ईश्वरमान डंगोलबिच राष्ट्रिय सभा गृहमा छलफल भएको हो । उक्त छलफलपछि बालेन कार्यपालिका बैठक र नगर सभा बोलाउन सहमत भएका हुन् । 

Ncell
Extreme Energy

‘हामी हिजो छलफलमा बसेका थियौँ । कार्यपालिका र नगरसभा नबस्दा महानगरपालिकाभित्रको कामहरु अस्तव्यस्त हुन लागेको विषयमा छलफलपछि मेयरज्यू बैठक बोलाउन सकरात्मक देखिनुभएको छ । उहाँहरुले एजेण्डा तय गरेर बैठक बोलाउनुहुन्छ ।’, महानगरका प्रवक्तासमेत रहेका छलफलमा सहभागि डा नं १७ का वडाध्यक्ष नवीन मानन्धरले सिधाकुरालाई बताए । 

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको विवादपछि करिब ५ महिनादेखि महानगरपालिकाको कार्यपालिका र नगर सभा बैठक बस्न सकेको छैन । मेयर शाहले गुरागाईँले पुरानो बसपार्कस्थित निर्माणाधिन भ्यू टावरको नक्सा पास प्रक्रियामा अनियमितता गरेको भन्दै कार्यपालिका बैठक बोलाउन असमर्थ रहेको जनाएका थिए । त्यस्तै गत पुस १४ गतेयता महानगर कार्यपालिकाको बैठक बस्न सकेको थिएन । तर बुधबार बालेन सकारात्मक देखिएपछि बैठक बस्ने विषयमा कार्यपालिका सदस्यहरु उत्साहित देखिन्छन् । 

‘लामो समयदेखिको संवादहिनता तोडिएको झैँ भएको छ । बैठक बस्ने विषयले उत्साहित छौँ । बैठक बसेपछि त लाइभ मै देखिहाल्नुहुन्छ नि ।’, प्रवक्ता मानन्धरले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...