नेभिगेशन
समाज

अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटना, पूर्व मुख्यमन्त्रीसहित २४२ यात्रु सवार

काठमाडौँ । गुजरातको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाको एक बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको छ। २४२ जना यात्रु सवार रहेको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतीय समाचार संस्था दैनिक भास्करका अनुसार लन्डनका लागि उडान भरेको विमान केहीबेरमै एयरपोर्टको सीमा पार गर्न नपाउँदै विस्फोट भएको हो । ‘टेकअफको केही समयमै विमान एयर कस्टम कार्गो अफिस नजिकै दुर्घटनाग्रस्त भएको हो ।’, दैनिक भास्करमा भनिएको छ । 

CG

दुर्घटनापछि उक्त क्षेत्रमा बाक्लो धुवाँ र आगलागी देखिएको छ।

दुर्घटनास्थलमा अग्निनियन्त्रणका गाडीहरू पुगेका छन्। अहमदाबादको अग्नि नियन्त्रण विभागले घटनाको पुष्टि गर्दै उद्धार कार्य तीव्र गतिमा जारी रहेको जनाएको छ।

विमानस्थलको टर्मिनल–१ का प्रबन्धकले बीबीसी हिन्दीलाई जानकारी दिँदै भनेका छन्, ‘एयरपोर्ट क्षेत्रको बाहिर धुवाँ देखिएपछि अनुसन्धानका लागि टोली पठाइएको छ ।’

घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काँग्रेस विशेष महाधिवेसनः बेलुकी ७ बजेसम्म ६२ प्रतिशत प्रतिनिधिको हस्ताक्षर घाेषणा

काँग्रेस विशेष महाधिवेसनः बेलुकी ७ बजेसम्म ६२ प्रतिशत प्रतिनिधिको हस्ताक्षर घाेषणा

महाधिवेसन उद्‌घाटन सत्रमा महामन्त्री गगन थापले सम्बोधन गरे लगत्तै आयोजकहरूले यस्तो घोषणा गरेका हुन् ।
नेता र नेतृत्व पनि परिवर्तन गर्ने काँग्रेस कार्यकर्ताको चाहना बन्दसत्रले पुरा गर्छः गगन थापा

नेता र नेतृत्व पनि परिवर्तन गर्ने काँग्रेस कार्यकर्ताको चाहना बन्दसत्रले पुरा गर्छः गगन थापा

‘यो नेताले बोलाएर भएको होइन, नेपाली कांग्रेसका भुइँका कार्यकर्ताले बोलाएर भएको हो । म पनि यहाँ अतिथि हुँ,’ गगनले भने, ‘नेता र नेतृत्व परिवर्तनको चाहना बोकेर कांग्रेसका भुइँ...
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताएका हुन ।...

भर्खरै