नेभिगेशन
समाज

अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटना, पूर्व मुख्यमन्त्रीसहित २४२ यात्रु सवार

काठमाडौँ । गुजरातको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाको एक बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको छ। २४२ जना यात्रु सवार रहेको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतीय समाचार संस्था दैनिक भास्करका अनुसार लन्डनका लागि उडान भरेको विमान केहीबेरमै एयरपोर्टको सीमा पार गर्न नपाउँदै विस्फोट भएको हो । ‘टेकअफको केही समयमै विमान एयर कस्टम कार्गो अफिस नजिकै दुर्घटनाग्रस्त भएको हो ।’, दैनिक भास्करमा भनिएको छ । 

Ncell
Extreme Energy

दुर्घटनापछि उक्त क्षेत्रमा बाक्लो धुवाँ र आगलागी देखिएको छ।

दुर्घटनास्थलमा अग्निनियन्त्रणका गाडीहरू पुगेका छन्। अहमदाबादको अग्नि नियन्त्रण विभागले घटनाको पुष्टि गर्दै उद्धार कार्य तीव्र गतिमा जारी रहेको जनाएको छ।

विमानस्थलको टर्मिनल–१ का प्रबन्धकले बीबीसी हिन्दीलाई जानकारी दिँदै भनेका छन्, ‘एयरपोर्ट क्षेत्रको बाहिर धुवाँ देखिएपछि अनुसन्धानका लागि टोली पठाइएको छ ।’

घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...