नेभिगेशन
समाज

प्रचण्ड र माधव नेपालको भेटमा के भयो कुराकानी ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । 

बिहीबार सिंहदरबारस्थीत माओवादी दलको कार्यालयमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र संसदको गतिरोधका बिषयमा छलफल भएको नेताहरुले जनाएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद खुलाउन मध्यमार्गी उपाय निकाल्नुपर्नेमा छलफल भएको बताए । 

CG

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले सदनका बारेमा छलफल भएको जानकारी दिए । उनले बिपक्षी लगाएत अन्य दलहरुसंग छलफल गरेर आवश्यक निर्णय हुने बताए । ‘सदनको विषयमा छलफल भयो । अब हामी प्रतिपक्षको बैठक बस्छौँ, त्यसपछि थाहा हुन्छ सदनमा के गर्ने भनेर ।’, प्रचण्डले भने । 

सदनको गतिरोध खुलाउन माओवादीको दुई बुँदे ड्राफ्टमा समाजवादीले समेत सहमति जनाएको छ । भेटवार्तामा माओवादी उपमहासचिव बर्षमान पुन, शक्ति बस्नेत, हितराज पाण्डे र  समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगाएतका नेताहरु समेत सहभागी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...