नेभिगेशन
समाज

प्रकृति लम्साल प्रकरणका आरोपित युवक अद्विक श्रीवास्तव धरौटीमा रिहा

काठमाडौँ । भारतको केआईआईटी विश्वविद्यालयको होस्टलमा शंकास्पद अवस्थामा मृत्यु भएकी प्रकृति लम्साल प्रकरणमा पक्राउ परेका अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका छन् । उच्च अदालत उडिसाले श्रीवास्तवलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत फागुन ४ गते कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालय क्याम्पसमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल शङ्कास्पद अवस्थामा मृत भेटिएकी थिइन् । 

Ncell
Extreme Energy

प्रकृतिलाई उनका केटा साथी भनिएका भारतका आद्विक श्रीवास्तवले मानसिक यातना दिएका कारण उनको मृत्यु भएको भन्दै  केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीले छानबिन तथा कारबाहीको माग गर्दै प्रदर्शन समेत गरेका थिए । केटासाथीले आफूलाई निकै मानसिक तनाव दिएको भन्दै प्रकृतीले पटक पटक विश्वविद्यालय प्रशासनमा उजुरी गरे पनि विश्वविद्यालयले चासो देखाएको थिएन । जसको परिणाम प्रकृतिको मृत्यु भएको नेपाली विद्यार्थीहरूले बताउँदै आएका थिए । 

प्रकृतिका परिवार र साथीहरुको उजुरीका आधारमा प्रहरीले श्रीवास्तवलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा ओडिसा प्रहरीले प्राप्त गरेको अडियो, भिडियो तथा तस्बिरहरूले आद्विकले प्रकृतिलाई निकै मानसिक तनाव दिएको पुष्टि भएको प्रहरी स्वयम्ले बताएको थियो । साथै पहिले प्रेम सम्बन्धमा रहेको उनीहरू सम्बन्धमा दरार आएपछि छुटिएका थिए । तर आद्विक श्रीवास्तवले प्रकृतिको पिछा नछोडेको र उनलाई शारीरिक तथा मानसिक यातना दिने गरेको प्रहरी अनुसन्धानले समेत देखाएको थियो । साथै आद्विकको व्यवहार बारे प्रकृतिले विश्वविद्यालयको अन्तर्राष्ट्रिय विभागमा २ पटकसम्म उजुरी गरेको विवरण समेत प्रहरीले जम्मा गरेको थियो । तर अदालतको आदेशसँगै उनी रिहा भएका छन् । 

prakriti-lamsal-1749724753.jpeg
 

प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्मको ध्यानाकर्षण
अदालतले श्रीवास्तवलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै प्रकृति लम्सालका बाबु सुनिल लम्सालले विभिन्न निकायको ध्यानाकर्षण गराएका छन् । उनले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय र मानव अधिकार आयोगलाई निवेदन लेख्दै ध्यानाकर्षण गराएका हुन् । 

मुद्दा विचाराधिन रहेकै अवस्थामा अभियुक्त छुटेका कारण आफूलाई प्रकृतिले न्याय नपाउने हुन कि भन्ने कुराले चिन्तित बनाएको उनले बताएका छन् । ‘उक्त घनाको अनुसन्धानको क्रममा तथ्यगत आधारमा घनामा संलग्न व्यक्ति पक्राउ परी अनुसन्धानको क्रममा उडिसा प्रहरीबाट पक्राउ परी अदालतद्वारा बिचाराधीन अवस्थाको मुद्दाको पुर्पक्षको क्रममा कारागार चलान भएको थियो। प्रस्तुत मुद्दामा भुवनेश्वर प्रहरीबाट उक्त अभियुक्त उच्च अदालत उडिसाको आदेशले कारागारबाट धरौटीमामा छुटिसकेको भन्ने खवरले मेरो छोरीले न्याय नपाउने हो कि भन्ने कुराले मलाई चिन्तित बनाएको छ।’, लम्सालले लेखेको निवेदनमा उल्लेख छ । 

त्यस्तै उच्च शिक्षा हासिल गर्न गएकी नेपालकी छोरीलाई मृत्युको मुखमा धकेल्ने समूहलाई कानुन बमोजिम अनुसन्धान गरि कारबाही गर्न सुनिलले ध्यानाकर्षण समेत गराएका छन् । 

Prakriti-Lamsal-Dad-1749724742.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...