नेभिगेशन
मुख्य समाचार

प्रकृति लम्साल प्रकरणका आरोपित युवक अद्विक श्रीवास्तव धरौटीमा रिहा

काठमाडौँ । भारतको केआईआईटी विश्वविद्यालयको होस्टलमा शंकास्पद अवस्थामा मृत्यु भएकी प्रकृति लम्साल प्रकरणमा पक्राउ परेका अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका छन् । उच्च अदालत उडिसाले श्रीवास्तवलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

गत फागुन ४ गते कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालय क्याम्पसमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल शङ्कास्पद अवस्थामा मृत भेटिएकी थिइन् । 

CG

प्रकृतिलाई उनका केटा साथी भनिएका भारतका आद्विक श्रीवास्तवले मानसिक यातना दिएका कारण उनको मृत्यु भएको भन्दै  केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीले छानबिन तथा कारबाहीको माग गर्दै प्रदर्शन समेत गरेका थिए । केटासाथीले आफूलाई निकै मानसिक तनाव दिएको भन्दै प्रकृतीले पटक पटक विश्वविद्यालय प्रशासनमा उजुरी गरे पनि विश्वविद्यालयले चासो देखाएको थिएन । जसको परिणाम प्रकृतिको मृत्यु भएको नेपाली विद्यार्थीहरूले बताउँदै आएका थिए । 

प्रकृतिका परिवार र साथीहरुको उजुरीका आधारमा प्रहरीले श्रीवास्तवलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा ओडिसा प्रहरीले प्राप्त गरेको अडियो, भिडियो तथा तस्बिरहरूले आद्विकले प्रकृतिलाई निकै मानसिक तनाव दिएको पुष्टि भएको प्रहरी स्वयम्ले बताएको थियो । साथै पहिले प्रेम सम्बन्धमा रहेको उनीहरू सम्बन्धमा दरार आएपछि छुटिएका थिए । तर आद्विक श्रीवास्तवले प्रकृतिको पिछा नछोडेको र उनलाई शारीरिक तथा मानसिक यातना दिने गरेको प्रहरी अनुसन्धानले समेत देखाएको थियो । साथै आद्विकको व्यवहार बारे प्रकृतिले विश्वविद्यालयको अन्तर्राष्ट्रिय विभागमा २ पटकसम्म उजुरी गरेको विवरण समेत प्रहरीले जम्मा गरेको थियो । तर अदालतको आदेशसँगै उनी रिहा भएका छन् । 

prakriti-lamsal-1749724753.jpeg
 

प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्मको ध्यानाकर्षण
अदालतले श्रीवास्तवलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै प्रकृति लम्सालका बाबु सुनिल लम्सालले विभिन्न निकायको ध्यानाकर्षण गराएका छन् । उनले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय र मानव अधिकार आयोगलाई निवेदन लेख्दै ध्यानाकर्षण गराएका हुन् । 

मुद्दा विचाराधिन रहेकै अवस्थामा अभियुक्त छुटेका कारण आफूलाई प्रकृतिले न्याय नपाउने हुन कि भन्ने कुराले चिन्तित बनाएको उनले बताएका छन् । ‘उक्त घनाको अनुसन्धानको क्रममा तथ्यगत आधारमा घनामा संलग्न व्यक्ति पक्राउ परी अनुसन्धानको क्रममा उडिसा प्रहरीबाट पक्राउ परी अदालतद्वारा बिचाराधीन अवस्थाको मुद्दाको पुर्पक्षको क्रममा कारागार चलान भएको थियो। प्रस्तुत मुद्दामा भुवनेश्वर प्रहरीबाट उक्त अभियुक्त उच्च अदालत उडिसाको आदेशले कारागारबाट धरौटीमामा छुटिसकेको भन्ने खवरले मेरो छोरीले न्याय नपाउने हो कि भन्ने कुराले मलाई चिन्तित बनाएको छ।’, लम्सालले लेखेको निवेदनमा उल्लेख छ । 

त्यस्तै उच्च शिक्षा हासिल गर्न गएकी नेपालकी छोरीलाई मृत्युको मुखमा धकेल्ने समूहलाई कानुन बमोजिम अनुसन्धान गरि कारबाही गर्न सुनिलले ध्यानाकर्षण समेत गराएका छन् । 

Prakriti-Lamsal-Dad-1749724742.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

सडक डिभिजन कार्यालय हेटौंडाले सडकको दायाँबायाँ २५/२५ मिटर विस्तारका लागि घरटहरा हटाउन २०७६, २०८०, २०८२ मा पटकपटक सूचना जारी गर्ने गरेको थियो । तर स्थानीय घरधनीहरुले त्यस विरुद्ध...
राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

जेनजी आन्दोलन पछिको राजनीतिक संक्रमणका बेला पुराना दलहरुमा ठूलो बिग्रह र पुस्तान्तरणको क्रम चलिरहेको छ । केही दलहरु तिब्र एकीकरण र खारेजीमा गइरहँदा रवि नेतृत्वको रास्वपा भने एकढिक्का...
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे...