नेभिगेशन
मुख्य समाचार

कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्था परिवर्तन हुन सकेनः बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् । 

पार्टीको १० औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भट्टराईले तीन दलका नेताहरुले १० वर्षमा कुर्सी साटासाट गर्ने बाहेक केही गर्न नसकेकाले देशको अवस्थामा परिवर्तन हुन नसकेको बताएका हुन् । 

अहिले मुलुकमा सुशासन कायम हुन नसकेको बरु भ्रष्टाचारका चाङ उदाङ्गो हुन थालेको उनले बताए । त्यस्तै भट्टराईले सत्तामा पुग्ने र आफ्नो भ्रष्टाचार लुकाउन बिपक्षीलाई देखाउने प्रवृति देखापरेको उल्लेख गरे । 

उनले मुलुकको अवस्था हेर्दा पुराना दलहरुबाट मुलुकको परिवर्तन नहुने देखाएको बताए । आर्थिक विकास र समृद्धिका निम्ति मुखले ठूला कुरा गरेर मात्रै नहुने उनकोे भनाइ छ । 

भट्टराईले सरकारले ल्याएको बजेटमा नयाँ कुनै पनि कुरा नरहेको टिप्पणी गरे । पार्टीको स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौँमा सुशासन र समृद्धिका विषयमा छलफल कार्यक्रमको आयोजना गरेको उनले जानकारी दिए । कार्यक्रममा पुराना नभइ नयाँ बैंकल्पीक शक्तिहरु र पुराना दलबाट बिद्रोह गरेका नेताहरुलाई आमन्त्रित गरिएको भट्टराईले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मुख्यमन्त्री यादवविरूद्ध कृष्णप्रसाद यादवसहित मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ गरेको हो । अदालतले यही कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी सो विद्यालयमा प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएका थिए ।...
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले भने, “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य...
प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लागेका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उनको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए ।  उनले भने,...