नेभिगेशन
समाज

दिलभूषण पाठक नभेटेपछि सहकर्मी नारायण अर्याल पक्राउ

काठमाडौँ । प्रहरीले पत्रकार दिलभूषण पाठकलाई नभेटेपछि उनका सहकर्मी नारायण अर्याललाई पक्राउ गरेको छ । नेपाल प्रहरीले अर्याललाई कुपन्डोलबाट पक्राउ गरेको नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सामाजिक सञ्जालमा लेखेका छन् । 
पत्रकार दिलभुषण पाठकले बनाएको भिडियो र त्यसविरुद्ध साइबर ब्यूरोमा परेको उजुरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी लिएर बुधबारदेखि पाठकको घरमा पुगेको प्रहरीले पाठकलाई नभेटेपछि बिहिबारदेखि सहकर्मी अर्यालको घरमात्रै होइन वरपरसमेत खोजतलास गरेको थियो । सोही क्रममा प्रहरीले उनलाई बिहिबार अपरान्ह कुपन्डोलस्थित नटराज ट्राभल्सबाट पक्राउ गरेको अध्यक्ष लम्सालले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रकार पाठकले झन्डै तीन साताअघि युट्युब भिडियोमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका पुत्र जयवीर देउवाको लगानी हिल्टन होटलमा रहेको विषय उठाएका थिए। यही भिडियोप्रति आपत्ति जनाउँदै साइबर ब्यूरोमा उजुरी दर्ता भएको र सोही विषयमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...