नेभिगेशन
मुख्य समाचार

दिलभूषण पाठक नभेटेपछि सहकर्मी नारायण अर्याल पक्राउ

काठमाडौँ । प्रहरीले पत्रकार दिलभूषण पाठकलाई नभेटेपछि उनका सहकर्मी नारायण अर्याललाई पक्राउ गरेको छ । नेपाल प्रहरीले अर्याललाई कुपन्डोलबाट पक्राउ गरेको नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सामाजिक सञ्जालमा लेखेका छन् । 
पत्रकार दिलभुषण पाठकले बनाएको भिडियो र त्यसविरुद्ध साइबर ब्यूरोमा परेको उजुरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी लिएर बुधबारदेखि पाठकको घरमा पुगेको प्रहरीले पाठकलाई नभेटेपछि बिहिबारदेखि सहकर्मी अर्यालको घरमात्रै होइन वरपरसमेत खोजतलास गरेको थियो । सोही क्रममा प्रहरीले उनलाई बिहिबार अपरान्ह कुपन्डोलस्थित नटराज ट्राभल्सबाट पक्राउ गरेको अध्यक्ष लम्सालले बताए । 

पत्रकार पाठकले झन्डै तीन साताअघि युट्युब भिडियोमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका पुत्र जयवीर देउवाको लगानी हिल्टन होटलमा रहेको विषय उठाएका थिए। यही भिडियोप्रति आपत्ति जनाउँदै साइबर ब्यूरोमा उजुरी दर्ता भएको र सोही विषयमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताएका हुन ।...
काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

आइतबारदेखि काठमाडौँमा सुरुभएको काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने विशेष महाधिवेशन सचिवालयले जनाइएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा साँझ पाँच बजेसम्ममा देशभरबाट विशेष महाअधिवेशनमा दुइ हजार ३५ जनाले...
राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्य तर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अव अन्य २...

भर्खरै