नेभिगेशन
समाज
पत्रकार नारायण अर्यालमाथि प्रहरी धरपकड

दुुई घण्टासम्म घेराबन्दीपछि पत्रकारहरुले प्रतिवाद गर्दै उद्धार गरे, घरमा आएर प्रहरीले भिडियो खिचे

काठमाडौँ । पत्रकार दिलभुषण पाठक पक्राउ गर्न हिंडेको प्रहरीले पाठकलाई नभेटेपछि उनीसँग नजिक रहेको भन्दै अर्का पत्रकार नारायण अर्याललाई गिरफ्तार र घेराबन्दीमा जुटेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार दिनभरको घेराबन्दी र यातना पछि पत्रकार अर्याललाई केहीबेर अघि नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल र युनियनकै नेता एवम् पत्रकार महासँघका सचिव बैकुण्ठराज पराजुलीले प्रहरीसँग प्रतिवाद गर्दै उद्धार गरेका छन् । ललितपुरको कुपण्डोलबाट अर्याललाई उद्धार गरेर लिएर निस्किएको युनियनका नेताद्धय लम्साल र पराजुलीले सिधाकुरालाई बताए । 

Ncell
Extreme Energy

उनीहरुकाअनुसार बिहाीबार बिहान साढे १० बजेदेखि सादा पोशाकका प्रहरीले पत्रकार अर्यालको पिछा गरेका थिए । घरबाट निस्किएका अर्याल त्यसपछि कुपोण्डोलमा रहेको एक साथीको ट्राभल्स अफिसमा रहेका कानुन व्यवसायीसमेत रहेका साथीसँग परामर्शका लागि छिरेका थिए । 

उनी त्यहाँ रहेकै समयमा उक्त कार्यालयलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले घेरा हालेको अर्यालले बताए । बेलुकीको साढे ५ बजेसम्म अर्याल त्यहाँबाट ननिस्कएपछि सीआइबीका डीएसपी कुमार बिक्रम थापा अर्याललाई गिरफ्तार गर्न ट्राभल्समा छिरेका थिए । तर, त्यस अघिनै प्रहरीले घेरा हालेको खबर अर्यालले युनियनका अध्यक्ष शिव लम्साललाई गरिसकेका कारण अध्यक्ष शिव लम्साल र बैकुण्ठराज पराजुली ट्राभल्स पुगिसकेका थिए । 

‘हामी त्यहाँ पुुग्दा प्रहरीको २ वटा भ्यान बागमती नदीको खोला छेउमा र दुुई वटा भ्यान ट्राभल्स अघि थियो’ लम्सालले सिधाकुरासँग फोनमा भने । अर्का पत्रकार बैकुण्ठराज पराजुलीका अनुसार साढे ५ बजे डीएसपी थापा अर्याललाई गिरफ्तार गर्न भित्र छिरेका थिए । ‘त्यसपछि हामीले डिएसी थापासँग अर्याल विरुद्धको पक्राउ पुर्जी देखाउन माग गर्यौँ,’ पराजुलीले भने, ‘त्यसपछि अलमलिएका प्रहरी अधिकारीले पत्रकार नारायण अर्यालको पेशागत विषयमा सोधपुछ गरे । त्यसपछि पनि बाहिर निस्किएर प्रहरीले घेरा हाली राख्यो । प्रहरीको घेराकै बाबजुत साढे ७ बजे हामी नारायण अर्यालललाई लिएर त्यहाँबाट निस्कियौँ ।’

प्रहरीको घेराबन्दीबाट निस्किएका पत्रकार नारायण अर्यालले सिधाकुरसँग आफूलाई घेराबन्दी गरिएकै समयमा आफ्नो घरमा पनि प्रहरी छिरेको बताए । ‘करिब ६ बजेतिर प्रहरी घरमा छिरेर श्रीमतिसँग सोधपुछ गरेर घरमा खानतलासी गरेछ । भिडियो पनि खिचेर लगेका छन् अरे’ उनले भने,  ‘म घर पुुग्न पाएको छैन। उनीहरुले म दीलभुषण पाठकसँग निकट छ भनेर मलाई र परिवारका सदस्यलाई दिनभर चरम यातना दिए । जुन सर्वथा गलत, गैरकानुनी हो ।’ 

उनकाअनुसार दिनभर घेराबन्दी गरेको सीआईबीको नेतृत्व गरेका डीएसपी थापाले केही कुरा सोधपुछ गर्नुपर्ने भन्दै शुक्रबार बिहान सीआईबी आउन भनेको पनि उनले बताए ।

यस विषयमा बुझ्न खोज्दा सीआईबीका प्रवक्ता युवराज खड्काको फोन उठेन । यता केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले यस विषयमा कुनै जानकारी नआएको भन्दै अनविज्ञता प्रकट गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।