नेभिगेशन
मुख्य समाचार
पत्रकार नारायण अर्यालमाथि प्रहरी धरपकड

दुुई घण्टासम्म घेराबन्दीपछि पत्रकारहरुले प्रतिवाद गर्दै उद्धार गरे, घरमा आएर प्रहरीले भिडियो खिचे

काठमाडौँ । पत्रकार दिलभुषण पाठक पक्राउ गर्न हिंडेको प्रहरीले पाठकलाई नभेटेपछि उनीसँग नजिक रहेको भन्दै अर्का पत्रकार नारायण अर्याललाई गिरफ्तार र घेराबन्दीमा जुटेको छ । 

बिहीबार दिनभरको घेराबन्दी र यातना पछि पत्रकार अर्याललाई केहीबेर अघि नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल र युनियनकै नेता एवम् पत्रकार महासँघका सचिव बैकुण्ठराज पराजुलीले प्रहरीसँग प्रतिवाद गर्दै उद्धार गरेका छन् । ललितपुरको कुपण्डोलबाट अर्याललाई उद्धार गरेर लिएर निस्किएको युनियनका नेताद्धय लम्साल र पराजुलीले सिधाकुरालाई बताए । 

उनीहरुकाअनुसार बिहाीबार बिहान साढे १० बजेदेखि सादा पोशाकका प्रहरीले पत्रकार अर्यालको पिछा गरेका थिए । घरबाट निस्किएका अर्याल त्यसपछि कुपोण्डोलमा रहेको एक साथीको ट्राभल्स अफिसमा रहेका कानुन व्यवसायीसमेत रहेका साथीसँग परामर्शका लागि छिरेका थिए । 

उनी त्यहाँ रहेकै समयमा उक्त कार्यालयलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले घेरा हालेको अर्यालले बताए । बेलुकीको साढे ५ बजेसम्म अर्याल त्यहाँबाट ननिस्कएपछि सीआइबीका डीएसपी कुमार बिक्रम थापा अर्याललाई गिरफ्तार गर्न ट्राभल्समा छिरेका थिए । तर, त्यस अघिनै प्रहरीले घेरा हालेको खबर अर्यालले युनियनका अध्यक्ष शिव लम्साललाई गरिसकेका कारण अध्यक्ष शिव लम्साल र बैकुण्ठराज पराजुली ट्राभल्स पुगिसकेका थिए । 

‘हामी त्यहाँ पुुग्दा प्रहरीको २ वटा भ्यान बागमती नदीको खोला छेउमा र दुुई वटा भ्यान ट्राभल्स अघि थियो’ लम्सालले सिधाकुरासँग फोनमा भने । अर्का पत्रकार बैकुण्ठराज पराजुलीका अनुसार साढे ५ बजे डीएसपी थापा अर्याललाई गिरफ्तार गर्न भित्र छिरेका थिए । ‘त्यसपछि हामीले डिएसी थापासँग अर्याल विरुद्धको पक्राउ पुर्जी देखाउन माग गर्यौँ,’ पराजुलीले भने, ‘त्यसपछि अलमलिएका प्रहरी अधिकारीले पत्रकार नारायण अर्यालको पेशागत विषयमा सोधपुछ गरे । त्यसपछि पनि बाहिर निस्किएर प्रहरीले घेरा हाली राख्यो । प्रहरीको घेराकै बाबजुत साढे ७ बजे हामी नारायण अर्यालललाई लिएर त्यहाँबाट निस्कियौँ ।’

प्रहरीको घेराबन्दीबाट निस्किएका पत्रकार नारायण अर्यालले सिधाकुरसँग आफूलाई घेराबन्दी गरिएकै समयमा आफ्नो घरमा पनि प्रहरी छिरेको बताए । ‘करिब ६ बजेतिर प्रहरी घरमा छिरेर श्रीमतिसँग सोधपुछ गरेर घरमा खानतलासी गरेछ । भिडियो पनि खिचेर लगेका छन् अरे’ उनले भने,  ‘म घर पुुग्न पाएको छैन। उनीहरुले म दीलभुषण पाठकसँग निकट छ भनेर मलाई र परिवारका सदस्यलाई दिनभर चरम यातना दिए । जुन सर्वथा गलत, गैरकानुनी हो ।’ 

उनकाअनुसार दिनभर घेराबन्दी गरेको सीआईबीको नेतृत्व गरेका डीएसपी थापाले केही कुरा सोधपुछ गर्नुपर्ने भन्दै शुक्रबार बिहान सीआईबी आउन भनेको पनि उनले बताए ।

यस विषयमा बुझ्न खोज्दा सीआईबीका प्रवक्ता युवराज खड्काको फोन उठेन । यता केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले यस विषयमा कुनै जानकारी नआएको भन्दै अनविज्ञता प्रकट गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदान गर्न पाइने

राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदान गर्न पाइने

यस सम्बन्धि व्यवस्थाको शुभारम्भ बिहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका छन् । नेपाल जेनजी फ्रन्टले फागुन २१ गते हुने निर्वाचनलाई लक्ष्य गर्दै राष्ट्रिय परिचय पत्रको आधारमा...
कालो चितुवा 'ब्ल्याक प्यान्थर' प्रदर्शनीमा

कालो चितुवा 'ब्ल्याक प्यान्थर' प्रदर्शनीमा

पशु चिकित्सकको निगरानीमा उपचारमा रहेको चितुवा अहिले सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ। कालो चितुवा कुनै छुट्टै प्रजाति होइन, बरु सामान्य चितुवामै हुने मेलानिज्म (melanism) नामक आनुवंशिक परिवर्तनका...
चालुआवका लागि अन्नपूर्णमा एक सय ५६ योजना छनौट

चालुआवका लागि अन्नपूर्णमा एक सय ५६ योजना छनौट

पालिका स्तरका २४ सहित एक सय ५६ वटा योजना मध्य हालसम्म तीन योजनाको सम्झौता, एकको अन्तिम भुक्तानी, ४४ को सर्वेक्षण, ३० को लागत अनुमान तयार र सात को...
गृहमन्त्री एमालेजस्तो लाग्यो, जेनजीसँग स्प्रिड मिलेनः सुदन गुरुङ

गृहमन्त्री एमालेजस्तो लाग्यो, जेनजीसँग स्प्रिड मिलेनः सुदन गुरुङ

उनले गृहमन्त्री अर्याल एमालेजस्तो लाग्न थालेको टिप्पणी समेत गरे । उनले अर्याललाई आन्दोलनकै क्रमबाट मात्रै चिनेको उल्लेख गर्दै अहिले चुनाव मात्रै भन्दै ढाँट्ने काम गरेको आरोप लगाए ।