नेभिगेशन
समाज

तीनकुने प्रकरणमा दुर्गा प्रसाईँलाई पुर्पक्षकालागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतको आदेश

काठमाडौँ । तीनकुने प्रकरणमा  प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईँलाई पुर्पक्षकालागि थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा १० दिनको थुनछेक बहसपछि बिहीबार राति यस्तो आदेश गरेको हो । इजलासले प्रसाईँसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भनिने गोकर्ण शाही,डण्डपाणी रेग्मी, शुसिल बराल,केशब बस्नेत र कुमार तामाङलाई थुनामा पठाउन आदेश दिएको हो ।  अन्य ३२ जनालाई भने धरौटीमा छाड्न आदेश दिएको हो । 

Ncell
Extreme Energy

बिहीबार दिउँसो नै बहस सकिएपनि  थुनछेकको आदेश आउँदा भने अवेर भएको थियो। तीनकुने घटनाका जनकमान्डर दुर्गा प्रसाईँसहित ३९ प्रतिवादीलाई मध्यरातसम्मै अदालतभित्रै राखिएको थियो । 

चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो भने केहि निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो। उक्त घटनामा संलग्न भएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा जेठ ११ गते मुद्दा दायर गरेको थियो । 
उनीहरूको जेठ १२ गतेदेखि २० गतेसम्म बयान लिइएको थियो। त्यसपछि थुनछेक बहस सुरु भएको थियो । 

५० जनाविरूद्ध आपराधिक उपद्रव, राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो। त्यसमध्ये दुर्गा प्रसाईंसहित ८ जनाविरूद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग समेतमा मुद्दा दायर भएको थियो।
त्यसमध्ये थुनामा रहेका ३९ जनाको मात्रै थुनछेक बहस भएको थियो । 

त्यसबाहेक आपराधिक उपद्रवमा मात्रै मुद्दा दायर भएका ११ जना यस अघिनै धरौटीमा छुटिसकेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...