नेभिगेशन
समाज

दिलभुषण पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको आरजु देउवाको स्वीकारोक्ति

काठमाडौँ । नेपाल सरकारकी परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले आफूहरू दिलभुषण पाठकविरुद्ध साइबर ब्युरोमा गएको स्वीकार गरेकी छिन् । पाठकले आफूहरुविरुद्ध बदनाम गराउने दूषित मनसाय सहित भ्रामक सामाग्री प्रकाशन प्रसारण गरेको भन्दै आफूहरू साइबर ब्युरो गएको उनले सामाजिक सञ्जालमार्फत बताएकी हुन् । 

उनले आफूहरुविरुद्ध भिडियो सामाग्री प्रसारण गर्ने संस्था सरकारी निकायमा दर्ता नभएको पाइएपछि प्रेस काउन्सिलमा नगई कानुनअनुसार नै न्याय खोजेको बताइन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ ।’

CG

त्यस्तै उनले आफूहरुविरुद्ध भ्रामक भिडियो पोस्ट गर्ने विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको र कानुनले जे सजाय दिन्छ आफूहरू त्यही अनुसरण गर्ने बताएकी छिन् । ‘उक्त भ्रामक भिडियो पोस्ट गर्ने विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ र कानुनले जे सजाय दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो ।’, देउवाले लेखेकी छिन् । 

एक फरक प्रसङ्गमा उनले आफूहरू साइबर ब्युरो गएको बताए पनि कसले उजुरी दर्ता गराएको हो भन्ने विषयमा भने केही खुलाएकी छैनन् । 

देउवाले ढिलो उक्त विषय खुलाए पनि पाठकविरुद्ध पक्राउ पुर्जी जारी हुनासाथ पाठकले बनाएको देउवाका छाेरा जयवीर देउवाको लगानी हिल्टन होटलमा रहेको विषय नै पक्राउ पुर्जी कारण रहेको खुलेको थियो । यद्यपि यो विषयमा उजुरीकर्ताले भने केही बोलेका थिएनन् । शुक्रवार आरजु देउवाले आफूहरू न्याय खोज्न गएको बताएसँगै उक्त विषयले आधिकारिकता पाएको हो । 

पत्रकार दिलभुषण पाठकले बनाएको भिडियो र त्यस विरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनी विरुद्ध पक्राउ पुर्जी जारी मात्रै भएको छैन बुधवार देखी प्रहरीले पाठकलाई खोजी गरिरहेको छ । पक्राउ पुर्जी लिएर बुधवार देखी पाठकको घरमा पुगेको प्रहरीले पाठकलाई नभेटेपछि बिहीबार उनी निकट रहेकै आधारमा अर्का पत्रकार नारायण अर्याललाई २ घण्टासम्म नियन्त्रणमा लिएर राखेको थियो । उनलाई प्रहरीले बिहीबार अपराह्न कुपन्डोलस्थित नटराज ट्राभल्समा २ घण्टासम्म घेरेर राखेको थियो । पछि पत्रकारको समूहले उनलाई प्रहरीको फन्दाबाट निकालेका थिए ।  

पत्रकार पाठकले झन्डै तीन साताअघि युट्युब भिडियोमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका पुत्र जयवीर देउवाको लगानी हिल्टन होटलमा रहेको विषय उठाएका थिए । यही भिडियोप्रति आपत्ति जनाउँदै साइबर ब्युरोमा उजुरी दर्ता भएको र सोही विषयमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...