नेभिगेशन
समाज

दिलभुषण पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको आरजु देउवाको स्वीकारोक्ति

काठमाडौँ । नेपाल सरकारकी परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले आफूहरू दिलभुषण पाठकविरुद्ध साइबर ब्युरोमा गएको स्वीकार गरेकी छिन् । पाठकले आफूहरुविरुद्ध बदनाम गराउने दूषित मनसाय सहित भ्रामक सामाग्री प्रकाशन प्रसारण गरेको भन्दै आफूहरू साइबर ब्युरो गएको उनले सामाजिक सञ्जालमार्फत बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आफूहरुविरुद्ध भिडियो सामाग्री प्रसारण गर्ने संस्था सरकारी निकायमा दर्ता नभएको पाइएपछि प्रेस काउन्सिलमा नगई कानुनअनुसार नै न्याय खोजेको बताइन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले आफूहरुविरुद्ध भ्रामक भिडियो पोस्ट गर्ने विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको र कानुनले जे सजाय दिन्छ आफूहरू त्यही अनुसरण गर्ने बताएकी छिन् । ‘उक्त भ्रामक भिडियो पोस्ट गर्ने विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ र कानुनले जे सजाय दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो ।’, देउवाले लेखेकी छिन् । 

एक फरक प्रसङ्गमा उनले आफूहरू साइबर ब्युरो गएको बताए पनि कसले उजुरी दर्ता गराएको हो भन्ने विषयमा भने केही खुलाएकी छैनन् । 

देउवाले ढिलो उक्त विषय खुलाए पनि पाठकविरुद्ध पक्राउ पुर्जी जारी हुनासाथ पाठकले बनाएको देउवाका छाेरा जयवीर देउवाको लगानी हिल्टन होटलमा रहेको विषय नै पक्राउ पुर्जी कारण रहेको खुलेको थियो । यद्यपि यो विषयमा उजुरीकर्ताले भने केही बोलेका थिएनन् । शुक्रवार आरजु देउवाले आफूहरू न्याय खोज्न गएको बताएसँगै उक्त विषयले आधिकारिकता पाएको हो । 

पत्रकार दिलभुषण पाठकले बनाएको भिडियो र त्यस विरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनी विरुद्ध पक्राउ पुर्जी जारी मात्रै भएको छैन बुधवार देखी प्रहरीले पाठकलाई खोजी गरिरहेको छ । पक्राउ पुर्जी लिएर बुधवार देखी पाठकको घरमा पुगेको प्रहरीले पाठकलाई नभेटेपछि बिहीबार उनी निकट रहेकै आधारमा अर्का पत्रकार नारायण अर्याललाई २ घण्टासम्म नियन्त्रणमा लिएर राखेको थियो । उनलाई प्रहरीले बिहीबार अपराह्न कुपन्डोलस्थित नटराज ट्राभल्समा २ घण्टासम्म घेरेर राखेको थियो । पछि पत्रकारको समूहले उनलाई प्रहरीको फन्दाबाट निकालेका थिए ।  

पत्रकार पाठकले झन्डै तीन साताअघि युट्युब भिडियोमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका पुत्र जयवीर देउवाको लगानी हिल्टन होटलमा रहेको विषय उठाएका थिए । यही भिडियोप्रति आपत्ति जनाउँदै साइबर ब्युरोमा उजुरी दर्ता भएको र सोही विषयमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा कार्यदल बनाइएको हो ।
रास्वपा संसदीय दलको बैठकमा प्रधानमन्त्री बालेनसँगै पूर्वाधार र ऊर्जामन्त्री बाहेक सबै मन्त्री सहभागी (तस्बिरहरु)

रास्वपा संसदीय दलको बैठकमा प्रधानमन्त्री बालेनसँगै पूर्वाधार र ऊर्जामन्त्री बाहेक सबै मन्त्री सहभागी (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, पाँच मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाको बैठक बस्दै, पाँच मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

भर्खरै