नेभिगेशन
समाज

भिजिट भिसा प्रकरणले उद्योग समितिमा लफडा, सांसदहरुबीच टेबल ठोकाठोक (भिडियाे)

सभापति खानको ध्यानार्कषणका बाबजुत भण्डै १० मिनेट बढि नाेकझाेक चलेको थियो ।  रास्वपामाथि अन्य दलका सांसदहरु खनिए, पराजुलीको अभिव्यक्तिप्रति खनिएका सांसदहरुले टेबुल ठोक्दै औँला उठाए  ।

काठमाडौँ । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्को विवाद भएको छ । सिंहदरबारमा शुक्रबार बसको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरुले आपत्ति जनाएपछि चर्को विवाद भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा द्धिपक्षीय श्रम सम्झौता भएको मुलुक संयुक्त अरब इमिरेट्स (यूएई)मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल भएको थियो ।

Ncell
Extreme Energy

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सहसचिव बिनोदकुमार भट्टराईले युएईमा नेपाली घरेलु कामदारहरुको भर्तीसम्बन्धी भएको पाइलट परियोजना अघि बढाउने  स्वीकृतिका लागि समितिसँग आग्रह गरेका थिए । त्यसपछि समिति सदस्यहरुबाट उक्त विषयमा राय सुझाब र धारणा राख्ने क्रममा रास्वपाका सांसद गणेश पराजुलीले अवैधमार्गबाट खाडिमा पुगेका नेपाली महिला कामदारको विषय हुँदै भिजिट भिसा प्रकरण र सदन अवरोधमा सांसदहरुको भूमिका निरिह रहेको टिप्पणी गरे । अनुसन्धानका लागि उपसमितिको गठनको माग गरे ।  भिजिट भिसा प्रकरण रास्वपाको मुद्दा मात्रै हो ? भन्दै उनले प्रश्न गरेपछि सत्तापक्ष सांसदहरुले आपत्ति जनाएका थिए ।

त्यसपछि नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन गरिरहेकाले समितिको बिषय नभएको बताएका थिए । उनले विषयवस्तुभन्दा बाहिर गएर पराजुलीले धारणा राखेको भन्दै रुलिङ गर्न माग गरे । 

विवाद भएपछि समिति सभापति अब्दुल खानले विषयवस्तुभित्र रहेर धारणा राख्न आग्रह गरेका थिए । सांसद पराजुलीले आफ्नो समयभित्र विषयवस्तु राख्दा आपत्ति हुनुपर्ने कारण स्पष्टसँग चाहिने बताए । त्यसपछि पुन कांग्रेस सांसद थापाले आफुहरुलाई निरिह भनेको भन्दै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । 

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) मानवतस्करीको विरोध आफुहरुले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार हो ? भन्दै आक्रोशित भएका थिए । रास्वपा सांसद पराजुलीले मानवतस्करी बिरुद्ध सबैको एकमत भए छानविन समिति गठन गर्न चूनौति दिए । 

पुन विवाद बढेपछि सभापति अब्दुल खानले पराजुलीले विषयवस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले विवाद भएको भन्दै विवादका विषयमा छानविनका लागि समिति नै गठन गर्नुपर्ने प्रस्ताव राखे । त्यसपछि आफुले बोलेको विषयमा नै छानविन समिति गठन गर्ने सभापतिको प्रस्तावप्रति सांसद पराजुलीले आपत्ति जनाएका थिए । फेरी विवाद भएपछि सभापति खानले विषयवस्तुमा बोल्न आग्रह गरेका थिए । 

अन्तिममा सांसद पराजुलीले मानव तस्करी प्रकरणमा समितिमा छलफल गर्नुपर्ने र गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग दोहोर्याएका थिए । 

सभापति खानको ध्यानार्कषणका बाबजुत भण्डै १० मिनेट बढि नाेकझाेक चलेको थियो ।  रास्वपामाथि अन्य दलका सांसदहरु खनिए, त्यसमा पनि पराजुलीको अभिव्यक्तिप्रति खनिएका सांसदहरुले टेबुल ठोक्दै औँला उठाए  । 

सभापति खानले पराजुलीको आरोप, अभिव्यक्तिबारे अनुसन्धान गर्नका लागि उपसमिति गठन गर्ने प्रस्ताव गरे । सो प्रस्तावमा अन्य दलका सांसदहरुले आवश्यक छैन भने । सांसद पराजुली बैठक चलिरहेकै समयमा बाहिरिए । त्यसपछि बैठक पुन कार्यसूचीमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...