नेभिगेशन
समाज

कारागारबाट पार्टीपङ्क्तिलाई रवि लामिछानेको सन्देश, ‘मानव तस्करीविरुद्ध एक्लै भए पनि लडिरहनु’

काठमाडौँ । कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मानव तस्करीविरुद्ध एक्लै भए पनि लडिरहन पार्टीपङ्क्तिलाई सन्देश पठाएका छन् । रुपन्देही कारागारमा लामिछानेलाई भेट्न पुगेका पार्टीका नेताहरूलाई लामिछानेले बरु आफू रुपन्देही कारागारमै बस्न तयार रहेको तर भिजिट भिसा प्रकरणमा कुनै प्रकारको बार्गेनिङ नगर्न आग्रह गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भिजिट भिसाका नाममा हुने मानव तस्करी गम्भीर विषय भएको बताउँदै लामिछानेले रास्वपाले सो प्रकरणमा उठाएको मुद्दामा पछि नहट्न निर्देशन दिएका हुन् ।

Ncell
Extreme Energy

‘भिजिट भिसाका नाममा हुने मानव तस्करी गम्भीर विषय हो । सरकार गम्भीर नहुँदा मानव तस्करीको विषयले राष्ट्रिय सुरक्षाकै सवालमा गम्भीर प्रश्न खडा गरेको छ । बरु म रुपन्देही कारागारमै बस्न तयार छु तर अहिले उठाएको मुद्दामा पछाडि नहट्नु ।  मानव तस्करविरुद्ध रास्वपा एक्लै भए पनि लडिरहन्छ । अड्डा सार वा कुनै पनि बहानामा रास्वपा बार्गेनिङ गर्दैन, कसैको इसारामा चल्दैन ।’, लामिछानेको भनाई उद्धृत गर्दै उनका स्वकीय सचिव अविनाश आचार्यले सिधाकुरासँग भने । 

रास्वपाले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमार्फत हुने गरेको तस्करीको विषयमा आवाज उठाउँदै आएको छ । सो प्रकरणमा हालका गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको बताउँदै पार्टीले गृहमन्त्रीले राजीनामा र छानबिन समिति नबनेसम्म संसद् बैठक नचल्ने अडान कसेको छ । जसका कारण जेठ १३ गते यता संसद् बैठक चल्न सकेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...