नेभिगेशन
समाज

कारागारबाट पार्टीपङ्क्तिलाई रवि लामिछानेको सन्देश, ‘मानव तस्करीविरुद्ध एक्लै भए पनि लडिरहनु’

काठमाडौँ । कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मानव तस्करीविरुद्ध एक्लै भए पनि लडिरहन पार्टीपङ्क्तिलाई सन्देश पठाएका छन् । रुपन्देही कारागारमा लामिछानेलाई भेट्न पुगेका पार्टीका नेताहरूलाई लामिछानेले बरु आफू रुपन्देही कारागारमै बस्न तयार रहेको तर भिजिट भिसा प्रकरणमा कुनै प्रकारको बार्गेनिङ नगर्न आग्रह गरेका हुन् । 

भिजिट भिसाका नाममा हुने मानव तस्करी गम्भीर विषय भएको बताउँदै लामिछानेले रास्वपाले सो प्रकरणमा उठाएको मुद्दामा पछि नहट्न निर्देशन दिएका हुन् ।

CG

‘भिजिट भिसाका नाममा हुने मानव तस्करी गम्भीर विषय हो । सरकार गम्भीर नहुँदा मानव तस्करीको विषयले राष्ट्रिय सुरक्षाकै सवालमा गम्भीर प्रश्न खडा गरेको छ । बरु म रुपन्देही कारागारमै बस्न तयार छु तर अहिले उठाएको मुद्दामा पछाडि नहट्नु ।  मानव तस्करविरुद्ध रास्वपा एक्लै भए पनि लडिरहन्छ । अड्डा सार वा कुनै पनि बहानामा रास्वपा बार्गेनिङ गर्दैन, कसैको इसारामा चल्दैन ।’, लामिछानेको भनाई उद्धृत गर्दै उनका स्वकीय सचिव अविनाश आचार्यले सिधाकुरासँग भने । 

रास्वपाले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमार्फत हुने गरेको तस्करीको विषयमा आवाज उठाउँदै आएको छ । सो प्रकरणमा हालका गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको बताउँदै पार्टीले गृहमन्त्रीले राजीनामा र छानबिन समिति नबनेसम्म संसद् बैठक नचल्ने अडान कसेको छ । जसका कारण जेठ १३ गते यता संसद् बैठक चल्न सकेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गरिन् । साथै बिभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दवाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था...
पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको जानकारी दिएका हुन् । आयोगले बयानका लागि...
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान...
कुलमानले गरे उज्यालो घरको उद्घाटन, भने नयाँहरु एक भएर जान्छौँ

कुलमानले गरे उज्यालो घरको उद्घाटन, भने नयाँहरु एक भएर जान्छौँ

उक्त पार्टीले बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा उज्यालो घर, नामाकरण गर्दै केन्द्रीय कार्यालय खोलेको हो । उज्यालो घरको उद्घाटन गर्दै घिसिङले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचन नयाँ शक्तिहरुको...