नेभिगेशन
समाज

अवैध रुपमा विदेश पुगेका नेपालीहरुको अध्ययन भइरहेको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले अवैध रुपमा विदेश पुगेका नेपालीहरुका सम्बन्धमा गृह र श्रम मन्त्रालयसँगको समन्वयमा अध्ययन भइरहेको जानकारी दिएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री राणाले नेपालको श्रम गन्तव्य नरहेका र अवैध रुपमा विदेश पुगेका नेपालीहरुका सम्बन्धमा गृह र श्रम मन्त्रालयसँगको समन्वयमा काम अघि बढाइएको जानकारी दिएकी हुन् । 

Ncell
Extreme Energy

उनले बैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूको समाधानका उपाय पेश गर्ने गरी परराष्ट्र मन्त्रालयको संयोजकत्वमा सम्बन्धिन निकायका सदस्यहरू रहको एक समिति गठन भएको पनि बताइन् । 

उनले नेपालको परराष्ट्र नीतिलाई थप अब्बल र विस्तारित बनाउन तथा विश्वमा विकसित विभिन्न परिस्थितिका कारण नेपाली नागरिकलाई आवश्यक कन्सुलर सेवा समेत प्रदान गर्नका लागि आवश्यक जनशक्तिको व्यवस्था गरिएको बताइन् ।

मन्त्री राणाले अन्तर्राष्ट्रिय स्तरमा देखिएको राजनीतिक परिवेशका कारण सहयोगका मोडालिटीहरुमा पनि परिवर्तन हुने अवस्था देखिएकाले कूटनीतिक पहलहरुमा पनि अब विचार गर्नुपर्ने अवस्था रहेको उल्लेख गरिन् । 

उनले आफू परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि नेपालका मित्रराष्ट्रहरु तथा विश्व समुदायसँग कूटनीतिक सक्रियता बढाएको बताइन् ।  मन्त्री  राणाले सगरमाथा संवादको आयोजना गरेर जलवायु परिवर्तनका कारण समस्यामा परेको नेपालले यससम्बन्धी आफ्नो एजेण्डालाई विश्व समुदायमा स्थापित गर्ने काम गरेको समेत दावी गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...