नेभिगेशन
समाज

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच ठिक ढङ्गको समन्वय हुनुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी प्रधान कार्यालयमा आज आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा गृहमन्त्री लेखकले दुई पक्षबीच निरन्तर समन्वय हुन जरुरी रहेको बताए । प्रहरीले सीमित स्रोत र साधनका भरमा धेरै काम गर्नुपरिरहेको उनको भनाइ थियो । 

Ncell
Extreme Energy

“सबैभन्दा बढी कामको जिम्मेवारी लिएका सुरक्षा निकायहरु सीमित स्रोत र साधानका भरमा काम गर्नुपरेको छ”, गृहमन्त्री लेखकले भने– “सरकारले प्रर्याप्त ध्यान दिँदैछ, दिन्छ ।” आगामी आर्थिक वर्ष २०८२/८३ मा तुलनात्मक रुपमा प्रहरीतर्फ बजेट उल्लेखनीय रुपमा वृद्धि भएको उनले जानकारी दिए ।  

“अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ । त्यसो भएकाले हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ । विज्ञानको प्रयोग भनेको प्रविधिका मार्फत गर्ने हो”, गृहमन्त्री लेखकले भने । विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको उनले बताए । 

“अभियोजनका क्रममा पनि विज्ञानको प्रविधिको प्रयोग आवश्यक छ । विज्ञानको प्रयोगले मात्रै पुग्दैन् । विज्ञानको सही प्रयोग हुन जरुरी छ । प्रविधि र विज्ञानको प्रयोग पनि न्यायलाई सहयोग गर्ने गरेर हुनुपर्छ”, गृहमन्त्री लेखकले भने– “विज्ञान र प्रविधिको प्रयोग गर्दा पनि प्रमाण सङ्कलन होसियारका साथ गर्नुपर्ने हुन्छ ।” 

फौजदारी न्यायमा अनुसन्धान र अभियोजन महत्वपूर्ण आयाम हुने मन्त्री लेखकको भनाइ थियो । “फौजदारी न्यायको केन्द्रमा पीडित रहन्छ । पीडितलाई हामीले न्यायको अनुभूति गराउन सक्यौँ की सकेनौँ ? कुनै पनि अपराधिक कार्यबाट आफूलाई पीडित अनुभूति गरेको व्यक्तिलाई न्याय प्राप्त भयो भन्ने कुराको अनुभूति गर्न सक्यौँ की सकेनौ”, उनले भने–“त्यो फौजदारी न्यायको मुख्य उद्देश्य हो । यो क्षेत्रमा अत्यन्त मेहनत र क्रियाशिलताका साथ, अत्यन्त बुद्धि र विकेक प्रयोग गरेर काम गर्न जरुरी छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...