नेभिगेशन
समाज

संसद चलाउन कांग्रेस, एमाले र माओवादी सहमत, रास्वपाले छोडेन अडान

काठमाडौँ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच संसद खुलाउने विषयमा सहमति जुटेको छ । भिजिट भिसा प्रकरणका कारण अवरुद्ध हुँदै आएको संसद खुलाउने विषयमा तीन दलबिच सहमति भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा माओवादी केन्द्रका एक सा.सदका अनुसार ३० दिन भित्र छानबिन समिति गठन गर्ने विषयमा सहमति जुटेको हो । उनीहरुबिच भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने अनुसन्धानलाई सघाउने बृहत्तर छानबिन गर्ने सहमति भएको हो । उनीहरुबिच दुई बुँदे सहमति भएको छ । 

Ncell
Extreme Energy

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आफ्नो अडान छोडेको छैन । अन्य विपक्षी दलहरु आफ्नो अडानबाट पछि हटेपनि आफूहरु एक्लै उभिने रास्वपाका एक सांसदले बताए । 

भिजिट भिसा प्रकरणका कारण जेठ १३ गतेदेखि संसद अवरुद्ध हुँदै आएको छ । विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामासँगै उच्चस्तरीय छानबिन आयोगको माग राख्दै सदन अवरुद्ध गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...