नेभिगेशन
मुख्य समाचार

संसद चलाउन कांग्रेस, एमाले र माओवादी सहमत, रास्वपाले छोडेन अडान

काठमाडौँ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच संसद खुलाउने विषयमा सहमति जुटेको छ । भिजिट भिसा प्रकरणका कारण अवरुद्ध हुँदै आएको संसद खुलाउने विषयमा तीन दलबिच सहमति भएको हो । 

नेकपा माओवादी केन्द्रका एक सा.सदका अनुसार ३० दिन भित्र छानबिन समिति गठन गर्ने विषयमा सहमति जुटेको हो । उनीहरुबिच भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने अनुसन्धानलाई सघाउने बृहत्तर छानबिन गर्ने सहमति भएको हो । उनीहरुबिच दुई बुँदे सहमति भएको छ । 

CG

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आफ्नो अडान छोडेको छैन । अन्य विपक्षी दलहरु आफ्नो अडानबाट पछि हटेपनि आफूहरु एक्लै उभिने रास्वपाका एक सांसदले बताए । 

भिजिट भिसा प्रकरणका कारण जेठ १३ गतेदेखि संसद अवरुद्ध हुँदै आएको छ । विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामासँगै उच्चस्तरीय छानबिन आयोगको माग राख्दै सदन अवरुद्ध गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताएका हुन ।...
काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

आइतबारदेखि काठमाडौँमा सुरुभएको काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने विशेष महाधिवेशन सचिवालयले जनाइएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा साँझ पाँच बजेसम्ममा देशभरबाट विशेष महाअधिवेशनमा दुइ हजार ३५ जनाले...
राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्य तर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अव अन्य २...

भर्खरै