नेभिगेशन
समाज

‘उधारो सम्झौतामा रास्वपा सहमतिमा आउँदैन, हाम्रो पार्टी नयाँ छ तर बेकुफ छैन’: स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग नबनेसम्म आन्दोलन जारी रहने जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपाका नेताहरुले भिजिट भिसा प्रकरण गम्भीर मानव तस्करीसँग जोडिएको विषय भएकाले उच्चस्तरीय छानबिन आयोग नबनेसम्म आन्दोलन जारी रहने जनाएको हो । 

Ncell
Extreme Energy

रास्वपा सांसद डा.स्वर्णीम वाग्लेले भिजिट भिसा प्रकरणमा माओवादी र सत्तापक्षबीच भएको सहमतिमा छानविन आयोग बन्न ठोस प्रतिवद्धता नआएकाले समर्थन जनाउन नसकिएको बताए । भिजिट भिसा प्रकरणमा कुनै पनि दलहरुको गाम्भिर्यता नदेखिएको उनले बताए । 

उनले दलहरुबीच भएको दुई बुँदे सहमति उधारो सम्झौता रहेकाले रास्वपा सहभागी हुने कुनै गुञ्जायस नै नरहेको धारणा राखे । ‘सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा छानबिन गर्ने समयसीमा पनि छैन। कार्यादेश के हो ? कहिले सम्पन्न गर्ने हो ? यस्तो उधारो सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टी सहमतिमा आउँदैन। हाम्रो पार्टी राजनीतिमा नयाँ छ तर बेकुफ छैन। त्यही भएर यस्तो उधारो र कमिटमेन्ट नभएको सम्झौतामा हामी सहभागि हुनसक्ने कुनै गुञ्जायस थिएन’, वागलेले भने । 

रास्वपाका अन्य सांसदहरुले पार्टी एक्लै भएपनि भिजिट भिसा प्रकरणलाई नछाड्ने स्पष्ट पारेका छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...