नेभिगेशन
समाज

भिजिट भिसा प्रकरण : रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणलाई लिएर संसदमा गरिएको विरोधलाई जारी राख्ने बताएका छन् । आइतबार सिंहदरवारमा सभामुख र प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरुसँगको बैठकमा २ पार्टीले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्ने जनाएका हुन् । 

बैठकमा सभामुखले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न सिंहदरवारमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरु सँगको बैठकपछि  सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा र राप्रपाका प्रमुख सचेतकले आफूहरुले विरोधलाई जारी राख्ने जनाएका हुन् । 

CG

भिजिट भिसा प्रकरणलाई लिएर गत जेठ १३ गतेदेखि संसद बैठक चल्न सकेको थिएन । तर प्रमुख प्रतिपक्ष दल माओवादीले आफ्नो अडानबाट पछि हटेपछि शुक्रबार सभामुखले बैठक चलाएका थिए । उनले रास्वपा र राप्रपाको विरोधका बिच पेलेरै गृहमन्त्रीलाई बोल्नका लागि समय प्रदान गरेका थिए । 

गत जेठ १३ गतेदेखि भएको संसद अवरोधका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...