नेभिगेशन
मुख्य समाचार

थुनामा रहेको व्यक्तिलाई सभापति बनाइराख्ने रास्वपाले नैतिकताको कुरा गर्न मिल्छ ? : कांग्रेस सचेतक घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्‍यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति प्रश्न उठाएका छन् । आइतबारको संसद बैठकको आकस्मिक समयमा बोल्दै घिमिरेले विभिन्न अदालतमा मुद्दा खेपिरहेको व्यक्तिलाई पार्टीको सभापति र संसदीय दलको नेता राखेको भन्दै प्रश्न गरेका हुन् । 

संसदमा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रदर्शन गर्दै आएको रास्वपालाई घिमिरेले उल्टै प्रश्न गरेका हुन् । 

CG

यस्तो छ संसदमा घिमिरेले उठाएका प्रश्नः
एउटा कर्मचारी माथि अख्तियारले छानबिन प्रारम्भ गरेको भन्ने आधारमा नैतिकताको आधारमा राजीनामा माग्ने साथीहरूले पाँच–पाँच वटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धिकरण एवं संगठित अपराधका मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराइ राख्न कुन नैतिकताले दियो ? सभामुख महोदय, अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापतिको पदमा रवि लामिछाने, जो जेलमा हुनुहुन्छ । पाँच–पाँच वटा मुद्दा उहाँमाथि छ र उहाँ नै अहिले पनि त्यसको निर्वाचन आयोगको अभिलेखमा सभापतिको पदमा हुनुहुन्छ। र, त्यो पार्टीले अहिले नैतिकताको पाठ कसैलाई सिकाउन मिल्छ कि मिल्दैन, मेरो यो प्रश्न हो। अब अरूसँग नैतिकता खोज्ने साथीहरूले आफैभित्रबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न म सबभन्दा पहिला त आग्रह गर्दछु। त्यति मात्र होइन, रास्वपाको संसदीय दलको नेता परिवर्तन भएको खबरसमेत बाहिरिएको छैन र संसदीय दल, संसदको सचिवालयमा अहिले पनि रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ। त्यो संसद सदस्यबाट पनि निलम्बित भइसक्नुभएको छ, यही व्यक्ति नै अहिले पनि आफ्नो संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकताको पाठ सिकाउन कति मिल्ने हो, कति जायज हो ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बालेनसँगको भेटपछि रविले भने 'मेरो अनुहारले के भन्छ ?'

बालेनसँगको भेटपछि रविले भने 'मेरो अनुहारले के भन्छ ?'

बालेनका सल्लाहकार कुमार बेनको घरमा करिब ३ घण्टा वार्ता सकेर लामिछाने निस्किएका हुन् । वार्ता सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने ‘मेरो अनुहारले के भन्छ ?’
संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली

संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली

जाँचबुझ आयोगले बयान लिन बोलाउने तयारी गरेको भन्ने सन्दर्भमा उनले भने , “स्थलमा खटिएका प्रहरी र कमाण्डरले त्यहाँको परिस्थिति अनुसार सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको...
रवि र बालेनको वार्तास्थलमा सुदनको ताला, भन्छन्: 'दुईजना नमिलेसम्म चाबी खोल्दै खोल्दीन'

रवि र बालेनको वार्तास्थलमा सुदनको ताला, भन्छन्: 'दुईजना नमिलेसम्म चाबी खोल्दै खोल्दीन'

एक भिडियो पोस्ट गर्दै गुरुङले भनेका छन्,‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्नँ, तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखिदिएका छौं,’...
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।