नेभिगेशन
समाज

थुनामा रहेको व्यक्तिलाई सभापति बनाइराख्ने रास्वपाले नैतिकताको कुरा गर्न मिल्छ ? : कांग्रेस सचेतक घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्‍यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति प्रश्न उठाएका छन् । आइतबारको संसद बैठकको आकस्मिक समयमा बोल्दै घिमिरेले विभिन्न अदालतमा मुद्दा खेपिरहेको व्यक्तिलाई पार्टीको सभापति र संसदीय दलको नेता राखेको भन्दै प्रश्न गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदमा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रदर्शन गर्दै आएको रास्वपालाई घिमिरेले उल्टै प्रश्न गरेका हुन् । 

Ncell
Extreme Energy

यस्तो छ संसदमा घिमिरेले उठाएका प्रश्नः
एउटा कर्मचारी माथि अख्तियारले छानबिन प्रारम्भ गरेको भन्ने आधारमा नैतिकताको आधारमा राजीनामा माग्ने साथीहरूले पाँच–पाँच वटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धिकरण एवं संगठित अपराधका मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराइ राख्न कुन नैतिकताले दियो ? सभामुख महोदय, अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापतिको पदमा रवि लामिछाने, जो जेलमा हुनुहुन्छ । पाँच–पाँच वटा मुद्दा उहाँमाथि छ र उहाँ नै अहिले पनि त्यसको निर्वाचन आयोगको अभिलेखमा सभापतिको पदमा हुनुहुन्छ। र, त्यो पार्टीले अहिले नैतिकताको पाठ कसैलाई सिकाउन मिल्छ कि मिल्दैन, मेरो यो प्रश्न हो। अब अरूसँग नैतिकता खोज्ने साथीहरूले आफैभित्रबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न म सबभन्दा पहिला त आग्रह गर्दछु। त्यति मात्र होइन, रास्वपाको संसदीय दलको नेता परिवर्तन भएको खबरसमेत बाहिरिएको छैन र संसदीय दल, संसदको सचिवालयमा अहिले पनि रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ। त्यो संसद सदस्यबाट पनि निलम्बित भइसक्नुभएको छ, यही व्यक्ति नै अहिले पनि आफ्नो संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकताको पाठ सिकाउन कति मिल्ने हो, कति जायज हो ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै