नेभिगेशन
मुख्य समाचार

संसदमा बोल्न मानेनन् अमरेशकुमार सिंह, भने– नाराबाजीका बिच म बोल्न सक्दिनँ, धन्यवाद

काठमाडौँ । सांसद अमरेशकुमार सिंहले आफू नाराबाजीका बिच बोल्न नसक्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्न समय माग गरेका उनले संसदमा रास्वपाको प्रदर्शन र राप्रपाको विरोधका बिच आफू बोल्न नसक्ने बताएका हुन् । 

सभामुख देवराज घिमिरेले सिंहलाई बोल्नका लागि समय दिएका थिए । तर अमरेशले इन्कार गर्दै भने, ‘सम्माननीय सभामुख महोदय, नाराबाजीका बिच म बोल्न सक्दिनँ, धन्यवाद ।’

CG

संसदमा प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधकै बिच प्रतिनिधि सभाको बैठक चलिरहेको छ । दुई दलको अवरोधबीच सभामुख देवराज घिमिरे नेताहरुलाई बोल्ने समय दिएका थिए । 

संसदमा नेताहरुले बोलिरहेपनि रास्वपाले पनि वेल घेराउ गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने माग गर्दै आएका प्रतिपक्ष दलहरु संसद अवरुद्द गर्दै आएका थिए । तर शुक्रबार नेकपा माओवादीले अडान छाडेर सत्तापक्षसँग सहमती गरेपछि अहिले रास्वपा र राप्रपाले मात्रै विरोध गरिरहेका छन् । 

शुक्रबार पनि रास्वपा र राप्रपाको विरोधका बाबजुद पनि सभामुख देवराज घिमिरेले पेलेरै संसद चलाइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बालेनसँगको भेटपछि रविले भने 'मेरो अनुहारले के भन्छ ?'

बालेनसँगको भेटपछि रविले भने 'मेरो अनुहारले के भन्छ ?'

बालेनका सल्लाहकार कुमार बेनको घरमा करिब ३ घण्टा वार्ता सकेर लामिछाने निस्किएका हुन् । वार्ता सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने ‘मेरो अनुहारले के भन्छ ?’
संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली

संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली

जाँचबुझ आयोगले बयान लिन बोलाउने तयारी गरेको भन्ने सन्दर्भमा उनले भने , “स्थलमा खटिएका प्रहरी र कमाण्डरले त्यहाँको परिस्थिति अनुसार सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको...
रवि र बालेनको वार्तास्थलमा सुदनको ताला, भन्छन्: 'दुईजना नमिलेसम्म चाबी खोल्दै खोल्दीन'

रवि र बालेनको वार्तास्थलमा सुदनको ताला, भन्छन्: 'दुईजना नमिलेसम्म चाबी खोल्दै खोल्दीन'

एक भिडियो पोस्ट गर्दै गुरुङले भनेका छन्,‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्नँ, तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखिदिएका छौं,’...
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।