नेभिगेशन
समाज

‘आन्दोलन चलिरहँदा संसद चलाउनु दादागिरी हो, दादागिरी बन्द गर्नुस्’ : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमा दादागिरी चलेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले विपक्षी दलका सांसदहरुले संसदमा भिजिट भिसा प्रकरणलाई लिएर नारावाजी गरिरहेको समयमा पेलेर संसद चलाउनु दादागिरी भएको बताएका हुन् । उनले जनताबाट निर्वाचित जनप्रतिनिधिले उठाएको विषयमा सबैले साथ दिनुपर्ने बताए । उनले यसरी संसद चलाउनु यो चाहिँ संसदीय अभ्यास नभएको समेत बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘सम्माननीय सभामुख ज्यु, मैले राख्ने कुरा केही पनि छैन। संसदमा यसरी आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ ? उचित हुँदैन भन्ने मलाई लाग्छ र त्यही भएर कुरा केही नराखी, उहाँहरू पनि, हामीहरू पनि जनताले जितेको जनप्रतिनिधि हौँ । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा सबैले साथ दिनुहोस्। अरू कुरा केही नगरी यसरी संसद चलाउनु यो चाहिँ संसदीय अभ्यास होइन, यो दादागिरी हो । दादागिरी बन्द गर्नुस्, धन्यवाद।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै