नेभिगेशन
मुख्य समाचार

‘आन्दोलन चलिरहँदा संसद चलाउनु दादागिरी हो, दादागिरी बन्द गर्नुस्’ : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमा दादागिरी चलेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले विपक्षी दलका सांसदहरुले संसदमा भिजिट भिसा प्रकरणलाई लिएर नारावाजी गरिरहेको समयमा पेलेर संसद चलाउनु दादागिरी भएको बताएका हुन् । उनले जनताबाट निर्वाचित जनप्रतिनिधिले उठाएको विषयमा सबैले साथ दिनुपर्ने बताए । उनले यसरी संसद चलाउनु यो चाहिँ संसदीय अभ्यास नभएको समेत बताए । 

उनले भने, ‘सम्माननीय सभामुख ज्यु, मैले राख्ने कुरा केही पनि छैन। संसदमा यसरी आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ ? उचित हुँदैन भन्ने मलाई लाग्छ र त्यही भएर कुरा केही नराखी, उहाँहरू पनि, हामीहरू पनि जनताले जितेको जनप्रतिनिधि हौँ । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा सबैले साथ दिनुहोस्। अरू कुरा केही नगरी यसरी संसद चलाउनु यो चाहिँ संसदीय अभ्यास होइन, यो दादागिरी हो । दादागिरी बन्द गर्नुस्, धन्यवाद।’

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बालेनसँगको भेटपछि रविले भने 'मेरो अनुहारले के भन्छ ?'

बालेनसँगको भेटपछि रविले भने 'मेरो अनुहारले के भन्छ ?'

बालेनका सल्लाहकार कुमार बेनको घरमा करिब ३ घण्टा वार्ता सकेर लामिछाने निस्किएका हुन् । वार्ता सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने ‘मेरो अनुहारले के भन्छ ?’
संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली

संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली

जाँचबुझ आयोगले बयान लिन बोलाउने तयारी गरेको भन्ने सन्दर्भमा उनले भने , “स्थलमा खटिएका प्रहरी र कमाण्डरले त्यहाँको परिस्थिति अनुसार सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको...
रवि र बालेनको वार्तास्थलमा सुदनको ताला, भन्छन्: 'दुईजना नमिलेसम्म चाबी खोल्दै खोल्दीन'

रवि र बालेनको वार्तास्थलमा सुदनको ताला, भन्छन्: 'दुईजना नमिलेसम्म चाबी खोल्दै खोल्दीन'

एक भिडियो पोस्ट गर्दै गुरुङले भनेका छन्,‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्नँ, तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखिदिएका छौं,’...
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।