नेभिगेशन
समाज

सभामुखले पेलेर अघि बढ्दै गर्दा नेकपा एसले भन्यो, ‘सदन चलाउने यो तरिका ठिक भएन, सहमति गरेर मात्रै अघि बढाइयोस्’

काठमाडौँ । नेकपा समाजवादीका सासंद राजेन्द्र पाण्डेले दलहरुले विरोध प्रदर्शन गरिरहँदा संसद चलाउनु ठिक नभएको बताएका छन् । आइतबारको संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाइरहँदा सभामुखले बैठक निरन्तर चलाइरहेको र त्यो प्रभावकारी नभएको उनले बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुखले विरोधकै बिच आकस्मिक समय पुरा गरेर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई वक्तव्य सहित आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमागि सामान्य छलफल प्रारम्भ गरियोस भनि प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । सोपश्चात पौडेलले प्रस्ताव प्रस्तुत गर्दै गर्दा नेकपा एसका सांसद राजेन्द्र पाण्डे उठेका थिए । पाण्डे उठेपछि सभामुखले पौडेललाई रोकेर पाण्डेलाई १ मिनेटमा आफ्नो कुरा राख्न अनुमति दिएका थिए । त्यसपश्चात कुरा राख्दै पाण्डेले प्रतिपक्षले विरोध गरिरहेका कारण आफूहरुले केही नसुनेको बताउँदै सहमति गरेर मात्रै सदन चलाउन अनुरोध गरे । उनले भने, ‘प्रतिपक्ष दलको एउटा दल अवरोधको अवस्थामा छ, नाराबाजीमा छ। यो नाराबाजीको अवस्थामा मन्त्रीज्यूले भनेको कुरा हामी सुनिरहेका छैनौँ, अनि यो कसरी सभा चलाउने हो ? सभा चलाउने अहिलेको यो तरिका भएन। सभामुखको महोदय, यो सहमति गरेर एउटा टुंगो गरेर मात्रै अगाडि बढाइयोस्। धन्यवाद।’

Ncell
Extreme Energy

त्यसो त शुक्रबार भन्दा अगाडिसम्म पनि रास्वपाकै कित्तामा नेकपा एकिकृत समाजवादी समेत थियो । समाजवादीले समेत भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति बन्नुपर्ने अडान राखेपछि शुक्रबारबाट त्यो अडानबाट पछि हटेर सदन चलाउन सहमति जनाएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै