नेभिगेशन
मुख्य समाचार

सभामुखले पेलेर अघि बढ्दै गर्दा नेकपा एसले भन्यो, ‘सदन चलाउने यो तरिका ठिक भएन, सहमति गरेर मात्रै अघि बढाइयोस्’

काठमाडौँ । नेकपा समाजवादीका सासंद राजेन्द्र पाण्डेले दलहरुले विरोध प्रदर्शन गरिरहँदा संसद चलाउनु ठिक नभएको बताएका छन् । आइतबारको संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाइरहँदा सभामुखले बैठक निरन्तर चलाइरहेको र त्यो प्रभावकारी नभएको उनले बताएका हुन् । 

सभामुखले विरोधकै बिच आकस्मिक समय पुरा गरेर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई वक्तव्य सहित आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमागि सामान्य छलफल प्रारम्भ गरियोस भनि प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । सोपश्चात पौडेलले प्रस्ताव प्रस्तुत गर्दै गर्दा नेकपा एसका सांसद राजेन्द्र पाण्डे उठेका थिए । पाण्डे उठेपछि सभामुखले पौडेललाई रोकेर पाण्डेलाई १ मिनेटमा आफ्नो कुरा राख्न अनुमति दिएका थिए । त्यसपश्चात कुरा राख्दै पाण्डेले प्रतिपक्षले विरोध गरिरहेका कारण आफूहरुले केही नसुनेको बताउँदै सहमति गरेर मात्रै सदन चलाउन अनुरोध गरे । उनले भने, ‘प्रतिपक्ष दलको एउटा दल अवरोधको अवस्थामा छ, नाराबाजीमा छ। यो नाराबाजीको अवस्थामा मन्त्रीज्यूले भनेको कुरा हामी सुनिरहेका छैनौँ, अनि यो कसरी सभा चलाउने हो ? सभा चलाउने अहिलेको यो तरिका भएन। सभामुखको महोदय, यो सहमति गरेर एउटा टुंगो गरेर मात्रै अगाडि बढाइयोस्। धन्यवाद।’

CG

त्यसो त शुक्रबार भन्दा अगाडिसम्म पनि रास्वपाकै कित्तामा नेकपा एकिकृत समाजवादी समेत थियो । समाजवादीले समेत भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति बन्नुपर्ने अडान राखेपछि शुक्रबारबाट त्यो अडानबाट पछि हटेर सदन चलाउन सहमति जनाएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बालेनसँगको भेटपछि रविले भने 'मेरो अनुहारले के भन्छ ?'

बालेनसँगको भेटपछि रविले भने 'मेरो अनुहारले के भन्छ ?'

बालेनका सल्लाहकार कुमार बेनको घरमा करिब ३ घण्टा वार्ता सकेर लामिछाने निस्किएका हुन् । वार्ता सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने ‘मेरो अनुहारले के भन्छ ?’
संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली

संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली

जाँचबुझ आयोगले बयान लिन बोलाउने तयारी गरेको भन्ने सन्दर्भमा उनले भने , “स्थलमा खटिएका प्रहरी र कमाण्डरले त्यहाँको परिस्थिति अनुसार सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको...
रवि र बालेनको वार्तास्थलमा सुदनको ताला, भन्छन्: 'दुईजना नमिलेसम्म चाबी खोल्दै खोल्दीन'

रवि र बालेनको वार्तास्थलमा सुदनको ताला, भन्छन्: 'दुईजना नमिलेसम्म चाबी खोल्दै खोल्दीन'

एक भिडियो पोस्ट गर्दै गुरुङले भनेका छन्,‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्नँ, तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखिदिएका छौं,’...
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।