नेभिगेशन
समाज

एमालेसंग भएको सहमतिमा कुनै लेनदेन भएको छैनः वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सदनको गतिरोध खुलाउन एमालेसंग भएको सहमतिमा कुनै लेनदेन नभएको स्पष्टिकरण दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा पुनले २ बुँदे सहमतिलाई लिएर बिभिन्न टिकाटिप्पणी हुने गरेको भन्दै यसमा कुनै लेनदेन नभएको स्पष्ट पारेका हुन् । उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने प्रतिवद्धता आएपछि आफुहरुले त्यसलाई स्वीकार गरेको उल्लेख गरे । उक्त प्रकरणमा निष्पक्ष रूपमा छानबिन हुनुपर्छ भन्ने माग यथावत नै रहेको उनले बताए । 

Ncell
Extreme Energy

पुनले प्रतिपक्षीहरुले राखेको माग अनुसार सरकार ३० दिनभित्र छानबिन गर्ने सहमत भइरहेकाले बजेटको छलफलमा भाग लिन रास्वपालाई सुझाव दिए । उनले रास्वपा नयाँ दल भएकाले अन्य दलसंग संसदीय प्रक्रियाको अनुभव लिदै अघि बढ्न आग्रह गरे ।

प्रमुख प्रतिपक्षी दल सहमतिमा आएकाले अन्यदललाई जवरजस्ती पेलेर अघि बढ्न सकिन्छ भन्ने मानसिकता त्याग्न पनि उनले आग्रह गरे । पुनले संसदीय अंकगणित फेरबदल भइरहने भएकाले सभामुखले पनि संवादको वातावरण बनाउन पहल गर्नुपर्ने बताए । 

उनले प्रधानमन्त्री र सत्तापक्षले पनि सदनमा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए । त्यस्तै बजेटमाथिको छलफलका क्रममा पुनले अर्थतन्त्रको समस्या समाधानमा बजेटले ध्यान दिन नसकेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै