नेभिगेशन
मुख्य समाचार

एमालेसंग भएको सहमतिमा कुनै लेनदेन भएको छैनः वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सदनको गतिरोध खुलाउन एमालेसंग भएको सहमतिमा कुनै लेनदेन नभएको स्पष्टिकरण दिएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा पुनले २ बुँदे सहमतिलाई लिएर बिभिन्न टिकाटिप्पणी हुने गरेको भन्दै यसमा कुनै लेनदेन नभएको स्पष्ट पारेका हुन् । उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने प्रतिवद्धता आएपछि आफुहरुले त्यसलाई स्वीकार गरेको उल्लेख गरे । उक्त प्रकरणमा निष्पक्ष रूपमा छानबिन हुनुपर्छ भन्ने माग यथावत नै रहेको उनले बताए । 

CG

पुनले प्रतिपक्षीहरुले राखेको माग अनुसार सरकार ३० दिनभित्र छानबिन गर्ने सहमत भइरहेकाले बजेटको छलफलमा भाग लिन रास्वपालाई सुझाव दिए । उनले रास्वपा नयाँ दल भएकाले अन्य दलसंग संसदीय प्रक्रियाको अनुभव लिदै अघि बढ्न आग्रह गरे ।

प्रमुख प्रतिपक्षी दल सहमतिमा आएकाले अन्यदललाई जवरजस्ती पेलेर अघि बढ्न सकिन्छ भन्ने मानसिकता त्याग्न पनि उनले आग्रह गरे । पुनले संसदीय अंकगणित फेरबदल भइरहने भएकाले सभामुखले पनि संवादको वातावरण बनाउन पहल गर्नुपर्ने बताए । 

उनले प्रधानमन्त्री र सत्तापक्षले पनि सदनमा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए । त्यस्तै बजेटमाथिको छलफलका क्रममा पुनले अर्थतन्त्रको समस्या समाधानमा बजेटले ध्यान दिन नसकेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।