नेभिगेशन
मुख्य समाचार

सभामुख विचौलियको पक्षमा उभिएः ज्ञानेन्द्र शाही

काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद र सभामुख बिचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन् । 

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शाहीले भिजिट भिसा प्रकरणमा बिपक्षी दलको विरोध हुँदा हुँदै पनि जवरजस्त सदन चलाएर संसद र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफुहरुले सदन बहिष्कार गरेको बताए । 

CG

‘सिधा कुरामा भन्दाखेरि, भिजिट भिसा प्रकरणमा स्वयं अहिले नेपाली नागरिकहरू बिचल्लीमा परेका छन्। सरकार स्वयं संलग्न छ भन्ने कुरा पछिल्ला तथ्य र प्रमाणले देखाएको छ।’ उनले भने, ‘अहिलेको गृहमन्त्री, अगाडिका गृहमन्त्री, सफ्टवेयर नै बनाएर ठगी गरिएका हुन् भन्ने कुरा तथ्य प्रमाणहरू बाहिरिँदाखेरी जवाफ चाहियो भनेर संसदमा हामीले आवाज उठाउँदै गर्दा, सभामुखले अनदेखा गर्दै, सभामुख र संसद स्वयं आज बिचौलियाको पक्षमा उभिएपछि हामीले संसद बहिष्कार गर्यौ। र बहिष्कार गर्नु सिवा अर्को विकल्प छैन ।’ 

सांसदले उठाएका आवाजलाई सम्बोधन नगर्ने संसदमा बस्नुको कुनै औचित्य नहुने उनको भनाइ छ । उनले संसदको नियमावलीको विरुद्धमा सभामुख चले संसदको कुनै महत्व नरहने धारणा राखे । 

शाहीले भिजिट भिसा प्रकरणमा माओवादी अध्यक्ष प्रचण्डले छेपारो प्रवृतिमा काम गरेको टिप्पणी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।