नेभिगेशन
समाज

सभामुखले एउटा सहमति गरेर अर्कै व्यवहार देखाएः मनिष झा

काठमाडौँ । रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफुहरुलाई बोल्न नदिएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्ने दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भएपनि त्यसबिपरित सभामुखले आफुहरुलाई बोल्न नदिएको बताएका हुन् । 

Ncell
Extreme Energy

‘आज सम्माननीय सभामुख ज्यूले बिहानै केही पहल गर्नुभएको थियो। हामीहरूलाई बोलाएर, हाम्रा नेताहरूसँग छलफल गर्नुभएको थियो। तर उहाँले धोका दिनुभयो हामीलाई। हाम्रो माग के थियो भने–हामीलाई पहिला आफ्नो कुरा राख्न दिनुस्ु भन्ने थियो। सभामुखले ल हुन्छ, तपाईंहरूले भनेको जस्तै म तपाईंहरूलाई सुरुमा आफ्नो कुरा राख्न दिन्छु भन्नुभएको थियो ।’ उनले भने, ‘तर हामीलाई आज सभामुख ज्यूले सुरुमा हुन्छ भन्नुभयो, पछि त्यहाँ बैठक सञ्चालन भएपछि, हामीले थाहा पायौं, उहाँले  धोका दिनुभएको रहेछ हामीलाई भनेर। बैठकमा बसेर एउटा कुरामा निश्चय गर्ने, पछि आएर होइन, यो हुँदैन भनेर अर्कै कुरा त्यहाँ एक्ट गर्ने जस्तो, यसमा हामी दुखी छौँ ।’ 

झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको उल्लेख गरे । ‘हामीलाई चाहिँ उहाँले पनि पेलेरै लाने, छिटो बोलेरै, ठगेरै लाने भन्ने जस्तो व्यवहार देखियो आज ।’

त्यस्तै उनले प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसँग उधारो सहमति गरेकाले आफुहरुले आन्दोलनलाई निरन्तरता दिएको उनले बताए । उनले भिजिट भिसा प्रकरणको छानबिनको ठोस प्रक्रिया चालिने भनिएपनि स्पष्ट रुपमा नआएकाले सो सहमतिमा रास्वपा सामेल नभएको बताए । ‘प्रमुख प्रतिपक्ष दलले त्यसमा दुई बुँदे सम्झौता गर्नुभयो। त्यो उधारो सम्झौतामा हाम्रो सहमति भएन। त्यसमा पनि ठोस प्रक्रिया चाल्नेछ भने जस्तो भाषा छ, तर त्यो ठोस भनेको के हो, थाहा छैन। त्यसैले त्यसमा तोकिए बमोजिम भने जस्तो, उहाँहरूले त्यो उधारो सम्झौता गर्दै गर्दा, हामी त्यसमा संलग्न भएनौँ’, झाले भने । 

झाले नियमावलीको बिपरित कांग्र्रेसका सांसदलाई आकस्मिक समयमा एक बर्ष पुरानो मुद्दामा बोल्न दिएको भन्दै आपत्ति समेत जनाए । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै