नेभिगेशन
मुख्य समाचार

सभामुखले एउटा सहमति गरेर अर्कै व्यवहार देखाएः मनिष झा

काठमाडौँ । रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफुहरुलाई बोल्न नदिएको बताएका छन् । 

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्ने दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भएपनि त्यसबिपरित सभामुखले आफुहरुलाई बोल्न नदिएको बताएका हुन् । 

CG

‘आज सम्माननीय सभामुख ज्यूले बिहानै केही पहल गर्नुभएको थियो। हामीहरूलाई बोलाएर, हाम्रा नेताहरूसँग छलफल गर्नुभएको थियो। तर उहाँले धोका दिनुभयो हामीलाई। हाम्रो माग के थियो भने–हामीलाई पहिला आफ्नो कुरा राख्न दिनुस्ु भन्ने थियो। सभामुखले ल हुन्छ, तपाईंहरूले भनेको जस्तै म तपाईंहरूलाई सुरुमा आफ्नो कुरा राख्न दिन्छु भन्नुभएको थियो ।’ उनले भने, ‘तर हामीलाई आज सभामुख ज्यूले सुरुमा हुन्छ भन्नुभयो, पछि त्यहाँ बैठक सञ्चालन भएपछि, हामीले थाहा पायौं, उहाँले  धोका दिनुभएको रहेछ हामीलाई भनेर। बैठकमा बसेर एउटा कुरामा निश्चय गर्ने, पछि आएर होइन, यो हुँदैन भनेर अर्कै कुरा त्यहाँ एक्ट गर्ने जस्तो, यसमा हामी दुखी छौँ ।’ 

झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको उल्लेख गरे । ‘हामीलाई चाहिँ उहाँले पनि पेलेरै लाने, छिटो बोलेरै, ठगेरै लाने भन्ने जस्तो व्यवहार देखियो आज ।’

त्यस्तै उनले प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसँग उधारो सहमति गरेकाले आफुहरुले आन्दोलनलाई निरन्तरता दिएको उनले बताए । उनले भिजिट भिसा प्रकरणको छानबिनको ठोस प्रक्रिया चालिने भनिएपनि स्पष्ट रुपमा नआएकाले सो सहमतिमा रास्वपा सामेल नभएको बताए । ‘प्रमुख प्रतिपक्ष दलले त्यसमा दुई बुँदे सम्झौता गर्नुभयो। त्यो उधारो सम्झौतामा हाम्रो सहमति भएन। त्यसमा पनि ठोस प्रक्रिया चाल्नेछ भने जस्तो भाषा छ, तर त्यो ठोस भनेको के हो, थाहा छैन। त्यसैले त्यसमा तोकिए बमोजिम भने जस्तो, उहाँहरूले त्यो उधारो सम्झौता गर्दै गर्दा, हामी त्यसमा संलग्न भएनौँ’, झाले भने । 

झाले नियमावलीको बिपरित कांग्र्रेसका सांसदलाई आकस्मिक समयमा एक बर्ष पुरानो मुद्दामा बोल्न दिएको भन्दै आपत्ति समेत जनाए । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।