नेभिगेशन
समाज

एक चिकित्सकको ‘गुडबाइ नोट’ सार्वजनिक, प्रहरी भन्छ– उद्दार टोली परिचालन भइसकेको छ

रामेछाप । बागमती प्रदेशअन्तर्गतको हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकले सामाजिक सञ्जालमार्फत ‘गुडबाइ नोट’ लेख्दै आफूले राजनीतिक हस्तक्षेप, अन्यायपूर्ण सरुवा, दुर्व्यवहार र मानसिक दबाबका कारण आत्महत्या गर्न बाध्य बनाइएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफूलाई चिकित्सक बताउने केशव श्रेष्ठले आफू अन्यायको सिकार भएको भन्दै आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करारको जागिर हुँदै नेपाल प्रहरी र अन्ततः बागमती प्रदेश लोकसेवाबाट स्थायी नियुक्ति प्राप्त गरी रामेछाप अस्पतालमा कार्यरत उनले अस्पतालको निमित्त मेडिकल सुपरिण्टेन्डेन्टका रूपमा काम गर्दा भ्रष्टाचार, अनियमितता र राजनीतिक चलखेलविरुद्ध उभिएर अस्पताल व्यवस्थापनमा सुधार ल्याएको दाबी गरेका छन्।

Ncell
Extreme Energy

तर, अस्पतालको आन्तरिक गुटबन्दी, केही डाक्टर तथा स्थानीय नेताहरूले अस्पताललाई आफ्नो प्रभावमा चलाउने प्रयास, कार्यालय सहयोगीको लागि दबाब, होटल बिल र कमिशनको चलखेल नमान्दा आफूलाई ज्यानको सुरक्षासम्मको धम्की दिइएको र अन्ततः अन्यायपूर्ण ढंगले सरुवा गरिएको आरोप डाक्टरले लगाएका छन्।
‘शरीरमा १६ टाँका, श्रीमती र दुई वर्षकी छोरीसहित रातको ९ बजे रामेछाप छोडेर काठमाडौंबाट बिहान हेटौंडा जानुपर्‍यो। तर हेटौंडामा पनि अमानवीय व्यवहार सहनुपर्‍यो,’ नोटमा उल्लेख छ।

चिकित्सकले अस्पताल व्यवस्थापनका क्रममा केही चिकित्सक र कर्मचारीलाई स्पष्टीकरण सोधेका कारण उनीहरूलाई प्रयोग गरी आफूमाथि झूटा आरोप लगाएर सरुवा गरिएको गुनासो गरेका छन्। स्वास्थ्य मन्त्रालय, मन्त्री तथा सचिव कसैले पनि आफ्नो कुरा सुन्ने प्रयास नगरेको उल्लेख गर्दै उनले यो व्यवस्थाबाट निराश भएर जीवन समाप्त गर्ने निर्णय लिएको जनाएका छन्।

‘जिन्दगीबाट हार खाएँ,’ उनले लेखेका छन्। ‘मलाई आत्महत्या गर्न बाध्य पार्नेहरू कानूनी कठघरामा आउन्, मेरो आत्माले शान्ति पाउनेछ।’ 

अहिले सम्म डाक्टरको अवस्थाबारे जानकारी भएको छैन । यद्यपी सामाजिक सञ्जालमा फैलिएको यो ‘गुडबाइ नोट’ पछि उनको उद्दार गर्न प्रहरी परिचालन भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । ‘हामीले उक्त स्टाटस पाउनासाथ साइबर ब्यूरोको टोली र नेपाल प्रहरीका विभिन्न इकाईलाई एकैसाथ खटाएर गरेर उद्दारका लागि परिचालन भइसकेको छ ।’, प्रवक्ता घिमिरेले सिधाकुरासँग भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै