नेभिगेशन
मुख्य समाचार

एक चिकित्सकको ‘गुडबाइ नोट’ सार्वजनिक, प्रहरी भन्छ– उद्दार टोली परिचालन भइसकेको छ

रामेछाप । बागमती प्रदेशअन्तर्गतको हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकले सामाजिक सञ्जालमार्फत ‘गुडबाइ नोट’ लेख्दै आफूले राजनीतिक हस्तक्षेप, अन्यायपूर्ण सरुवा, दुर्व्यवहार र मानसिक दबाबका कारण आत्महत्या गर्न बाध्य बनाइएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफूलाई चिकित्सक बताउने केशव श्रेष्ठले आफू अन्यायको सिकार भएको भन्दै आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेका छन् ।

करारको जागिर हुँदै नेपाल प्रहरी र अन्ततः बागमती प्रदेश लोकसेवाबाट स्थायी नियुक्ति प्राप्त गरी रामेछाप अस्पतालमा कार्यरत उनले अस्पतालको निमित्त मेडिकल सुपरिण्टेन्डेन्टका रूपमा काम गर्दा भ्रष्टाचार, अनियमितता र राजनीतिक चलखेलविरुद्ध उभिएर अस्पताल व्यवस्थापनमा सुधार ल्याएको दाबी गरेका छन्।

तर, अस्पतालको आन्तरिक गुटबन्दी, केही डाक्टर तथा स्थानीय नेताहरूले अस्पताललाई आफ्नो प्रभावमा चलाउने प्रयास, कार्यालय सहयोगीको लागि दबाब, होटल बिल र कमिशनको चलखेल नमान्दा आफूलाई ज्यानको सुरक्षासम्मको धम्की दिइएको र अन्ततः अन्यायपूर्ण ढंगले सरुवा गरिएको आरोप डाक्टरले लगाएका छन्।
‘शरीरमा १६ टाँका, श्रीमती र दुई वर्षकी छोरीसहित रातको ९ बजे रामेछाप छोडेर काठमाडौंबाट बिहान हेटौंडा जानुपर्‍यो। तर हेटौंडामा पनि अमानवीय व्यवहार सहनुपर्‍यो,’ नोटमा उल्लेख छ।

चिकित्सकले अस्पताल व्यवस्थापनका क्रममा केही चिकित्सक र कर्मचारीलाई स्पष्टीकरण सोधेका कारण उनीहरूलाई प्रयोग गरी आफूमाथि झूटा आरोप लगाएर सरुवा गरिएको गुनासो गरेका छन्। स्वास्थ्य मन्त्रालय, मन्त्री तथा सचिव कसैले पनि आफ्नो कुरा सुन्ने प्रयास नगरेको उल्लेख गर्दै उनले यो व्यवस्थाबाट निराश भएर जीवन समाप्त गर्ने निर्णय लिएको जनाएका छन्।

‘जिन्दगीबाट हार खाएँ,’ उनले लेखेका छन्। ‘मलाई आत्महत्या गर्न बाध्य पार्नेहरू कानूनी कठघरामा आउन्, मेरो आत्माले शान्ति पाउनेछ।’ 

अहिले सम्म डाक्टरको अवस्थाबारे जानकारी भएको छैन । यद्यपी सामाजिक सञ्जालमा फैलिएको यो ‘गुडबाइ नोट’ पछि उनको उद्दार गर्न प्रहरी परिचालन भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । ‘हामीले उक्त स्टाटस पाउनासाथ साइबर ब्यूरोको टोली र नेपाल प्रहरीका विभिन्न इकाईलाई एकैसाथ खटाएर गरेर उद्दारका लागि परिचालन भइसकेको छ ।’, प्रवक्ता घिमिरेले सिधाकुरासँग भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गोर्खाज र कर्णालीबीचको प्रि–एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ

गोर्खाज र कर्णालीबीचको प्रि–एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ

बिहीबार यी दुई टोलीबीच भएको खेल टाइ भएको हो । पहिले ब्यटिंग गरेको काठमाडौँ गोर्खाजले दिएको एक सय ६८ रनको लक्ष्य दिएको थियो ।
युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको होः गृहमन्त्री अर्याल

युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको होः गृहमन्त्री अर्याल

राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा ‘शान्ति सुरक्षा र आगामी निर्वाचनको तयारी’ बारे धारणा राख्दै उनले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको...
जेनजी आन्दोलनका घाइतेले दिए अस्पतालमै मतदाता बायोमेट्रिक विवरण

जेनजी आन्दोलनका घाइतेले दिए अस्पतालमै मतदाता बायोमेट्रिक विवरण

निर्वाचन आयोगका अनुसार ती युवाहरू आफ्नो जिल्ला फर्किन नसक्ने अवस्थामै रहेकाले आयोगले मोबाइल उपकरणमार्फत ट्रमा सेन्टरमै पुगेर बायोमेट्रिक विवरण संकलन गरेको हो।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

आयोगको कार्यालय, कान्तिपथमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र)...