नेभिगेशन
मुख्य समाचार

बयानका लागि अदालतमा उपस्थित भए धवलशमशेर राणा

काठमाडौँ । तीनकुने प्रकरणका अभियुक्त राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणा काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । यसअघिको बयान र थुनछेक बहसमा उपस्थित नभएका राणा सोमबार बयानका लागि अदालतमा उपस्थित भएका हुन् । 

अदालत उपस्थित भएका राणाको न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान हुने अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

CG

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्धको अनुसन्धान पूरा भएपछि प्रहरीले राणालाई उपचारका लागि हाजिरी जमानीमा रिहा गरेको थियो । त्यसयता पार्टीको विभिन्न सार्वजनिक कार्यक्रममा उपस्थित भएका उनी आफूअविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएपछि बयान र बहसमा भने उपस्थित भएका थिएनन् । 

प्रहरीले बोलाउँदा र पत्राचार गर्दा पनि उपस्थित हुने सर्तमा छुटेका उनी अदालतमा उपस्थित नभएपछि काठमाडौँ प्रहरी परिसरले जमानी बस्ने व्यक्तिहरूलाई जरिवाता तोकेको थियो । यद्यपी जिल्ला अदालतको उक्त जरिवाना नलिन प्रहरीलाई आदेश दिएको थियो । 

यसै क्रममा फरार रहेका राणा अदालतमा उपस्थित भएपनि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै फरार छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।