नेभिगेशन
समाज

बयानका लागि अदालतमा उपस्थित भए धवलशमशेर राणा

काठमाडौँ । तीनकुने प्रकरणका अभियुक्त राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणा काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । यसअघिको बयान र थुनछेक बहसमा उपस्थित नभएका राणा सोमबार बयानका लागि अदालतमा उपस्थित भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालत उपस्थित भएका राणाको न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान हुने अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

Ncell
Extreme Energy

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्धको अनुसन्धान पूरा भएपछि प्रहरीले राणालाई उपचारका लागि हाजिरी जमानीमा रिहा गरेको थियो । त्यसयता पार्टीको विभिन्न सार्वजनिक कार्यक्रममा उपस्थित भएका उनी आफूअविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएपछि बयान र बहसमा भने उपस्थित भएका थिएनन् । 

प्रहरीले बोलाउँदा र पत्राचार गर्दा पनि उपस्थित हुने सर्तमा छुटेका उनी अदालतमा उपस्थित नभएपछि काठमाडौँ प्रहरी परिसरले जमानी बस्ने व्यक्तिहरूलाई जरिवाता तोकेको थियो । यद्यपी जिल्ला अदालतको उक्त जरिवाना नलिन प्रहरीलाई आदेश दिएको थियो । 

यसै क्रममा फरार रहेका राणा अदालतमा उपस्थित भएपनि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै फरार छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भन्सार छली ल्याइएका २४ लाखका आईफोन बरामद

भन्सार छली ल्याइएका २४ लाखका आईफोन बरामद

रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट  २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते हुन सक्छ मुसलधारे वर्षा

सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते हुन सक्छ मुसलधारे वर्षा

महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा...
नक्कली औषधि भेटिएपछि  एउटा फार्मेसी बन्द, १५ फार्मेसीलाई कारवाही सिफारिश

नक्कली औषधि भेटिएपछि एउटा फार्मेसी बन्द, १५ फार्मेसीलाई कारवाही सिफारिश

बनेपास्थित एक औषधि पसलबाट सेरोफ्लो रोटक्याप्स नामक २१ थान नक्कली औषधि बरामद भएको औषधि व्यवस्था विभागले जनाएको छ। उक्त पसललाई तत्कालका लागि बन्द गरी थप अनुसन्धान प्रक्रिया अघि...
ककपिटमा धुँवाको संकेत देखिएपछि श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण

ककपिटमा धुँवाको संकेत देखिएपछि श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण

एसएचए २२७ जहाजको ककपिटमा धुवाँको संकेत मिलेपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गर्ने निर्णय लिएको विमानस्थलका महाप्रवन्धक श्याम किशोर साहले जानकारी दिए ।