नेभिगेशन
समाज

ठुला दल र साना दलको संसद्मा बराबर हैसियत छ, जबरजस्ती संसद् नचलाइयोस् : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा सबै दल र सांसदको बराबर हैसियत हुने भएकाले कुनै दल र सांसदको सहमतिबिना संसद् बैठक नचलाउन आग्रह गरेका छन् । संसद्को आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङ्देनले सभामुख एक सिटको पनि र सय सिटको पनि अभिभावक भएका कारण सबैको आवाजलाई सम्मान गर्नुपर्ने बताएका हुन् । 

आफूहरूले भिजिट भिसा प्रकरणलाई लिएर संसद्मा आन्दोलन गरिरहेको समयमा जबरजस्ती संसद् चलाउनु न्यायसङ्गत नभएको उनले बताए । लिङ्देनले नेपालको निर्वाचन प्रक्रियाअनुसार संसद्मा प्रतिनिधित्व गरेका सांसदलाई सभामुखले नजरअन्दाज गर्न नमिल्ने बताए । 

CG

यस्तो छ लिङ्देनको अभिव्यक्ति: 

सम्माननीय महोदय, हामीले निर्वाचन प्रणाली नै यस्तो बनायौँ, जुन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै पनि पार्टीले, अपवादको रूपमा बाहेक बहुमत प्राप्त गर्न सक्दैन। सबै विचारहरूले यहाँ उपस्थित हुन पाउने, एक सिट मात्रै भएको राजनैतिक दलले पनि प्रतिनिधित्व गर्न पाउने गरी त्यो निर्वाचन प्रणालीको व्यवस्था छ। त्यस कारण, यो संसद्मा एक सय सिट भएको पार्टी र एक सिट मात्रै भएको पार्टीको पनि उतिकै मर्यादा र उतिकै हैसियत हुन पाउँदछ। गणितमा फरक होला, सरकार बनाउने कुरामा फरक होला, तर कुनै पनि विचारलाई निषेध गर्न नपाइने गरी निर्वाचन प्रणाली बनाइएको छ। तर जसले यो निर्वाचन प्रणाली बनायो, उसैले यो विधिलाई उल्लङ्घन गर्न हुन्न। त्यस कारण, अहिले यो संसद्मा जे कुरा भइराखेको छ, म सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु। सभामुख संसद्को अभिभावक हो, र सभामुख एक सिटको पनि र सय सिटको पनि अभिभावक हो। संसद्मा दुई वटा महत्त्वपूर्ण राजनीतिक दलहरूले महत्त्वपूर्ण विषयमा आफ्नो फरक मत राखिराखेका छन्, र विरोध जारी राखेको बेला, जबरजस्त संसद् अगाडि बढाउनु संसदीय मर्यादाका दृष्टिकोणले पनि उचित हुँदैन र सभामुख स्वयमका लागि पनि यो अरूले राम्रो देख्ने विषय होइन। त्यस कारण, समस्या समाधान नभईकन संसद् अवरुद्ध भइराखेको बेला जबरजस्त संसद् बढाउने काम नगरोस्, नहोस् भन्ने कुरा म सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु, र जबसम्म जबरजस्त यस प्रकारको संसदलाई अगाडि बढाउने काम भइराख्छ, यो कर्मकाण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन। हामी बहिष्कार गर्छौं।

त्यस्तै उनले राप्रपाले गरेको संसद् बहिस्कारको समयको आफूहरूले भत्ता नलिने घोषणा समेत गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...