नेभिगेशन
समाज

रास्वपाको प्रश्न : तस्कर गर्ने यो राज्यलाई जवाफदेही कसले बनाउने ?

अन्टिल द लायन ह्याज देयर ओन हिस्टोरियन, द हिस्ट्री अफ हन्ट विल अल्वेज ग्लोरीफाई द हन्टर्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यो राज्य जनताको हितको नभएको बताएका छन् । जनताको सेवा, सुरक्षा र हितकालागि राज्य बनेको बताउँदै शासकहरुका लागि नभएको बताए । तर राज्यले नै नागरिकको तस्कर गरेको उनको आरोप छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, 

Ncell
Extreme Energy

‘यो राज्य जनताका लागि हो कि शासकहरूको लागि हो ? यो राज्य कसको लागि हो, माननीय सभामुख महोदय ? आफ्नै नागरिकलाई अनेक तिकडम गरेर बेचबिखन गर्ने, तस्कर गर्ने यो राज्यलाई जवाफदेही कसले बनाउने ? इतिहास साक्षी छ। आम नागरिकको सुरक्षाका लागि, जनताका हितका लागि यो राज्य बनेर आएको हो, शासकहरूको लागि होइन। म स्मरण गराउन चाहन्छु, आज संख्या होला, तपाइँहरूसँग दम्भ होला। अफ्रिकामा एउटा भनाइ छ– अन्टिल द लायन ह्याज देयर ओन हिस्टोरियन, द हिस्ट्री अफ हन्ट विल अल्वेज ग्लोरीफाई द हन्टर्स। जबसम्म शासकहरूको आफ्ना इतिहास लेख्ने इतिहासकारहरू हुनेछन्, त्यतिबेलासम्म सिकारको होइन, सिकारीको इतिहास लेखिनेछ। के आज तपाइँहरू सिकारीको इतिहास लेख्न खोज्दै हुनुहुन्छ ? जनतालाई सिकार गरेर, जनतालाई दुःख दिएर यो राज्यको संरचना बनाइरहनुभएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै