नेभिगेशन
मुख्य समाचार

रास्वपाको प्रश्न : तस्कर गर्ने यो राज्यलाई जवाफदेही कसले बनाउने ?

अन्टिल द लायन ह्याज देयर ओन हिस्टोरियन, द हिस्ट्री अफ हन्ट विल अल्वेज ग्लोरीफाई द हन्टर्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यो राज्य जनताको हितको नभएको बताएका छन् । जनताको सेवा, सुरक्षा र हितकालागि राज्य बनेको बताउँदै शासकहरुका लागि नभएको बताए । तर राज्यले नै नागरिकको तस्कर गरेको उनको आरोप छ । 

उनले भने, 

CG

‘यो राज्य जनताका लागि हो कि शासकहरूको लागि हो ? यो राज्य कसको लागि हो, माननीय सभामुख महोदय ? आफ्नै नागरिकलाई अनेक तिकडम गरेर बेचबिखन गर्ने, तस्कर गर्ने यो राज्यलाई जवाफदेही कसले बनाउने ? इतिहास साक्षी छ। आम नागरिकको सुरक्षाका लागि, जनताका हितका लागि यो राज्य बनेर आएको हो, शासकहरूको लागि होइन। म स्मरण गराउन चाहन्छु, आज संख्या होला, तपाइँहरूसँग दम्भ होला। अफ्रिकामा एउटा भनाइ छ– अन्टिल द लायन ह्याज देयर ओन हिस्टोरियन, द हिस्ट्री अफ हन्ट विल अल्वेज ग्लोरीफाई द हन्टर्स। जबसम्म शासकहरूको आफ्ना इतिहास लेख्ने इतिहासकारहरू हुनेछन्, त्यतिबेलासम्म सिकारको होइन, सिकारीको इतिहास लेखिनेछ। के आज तपाइँहरू सिकारीको इतिहास लेख्न खोज्दै हुनुहुन्छ ? जनतालाई सिकार गरेर, जनतालाई दुःख दिएर यो राज्यको संरचना बनाइरहनुभएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।